नेपाल टेलिकमको डाटा प्याक अब झनै सस्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 03:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल  टेलिकमले अन लिमिटेड योजना सुरु गरेको छ । यस संगै ग्राहकले २० रुपैयाँ मै वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सक्ने  भएका छन् । त्यस्तै, यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने छ । 

*1415*8# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गरी यो सेवा लिन सकिने टेलिकमले जनाएको छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिने छ । 

टेलिकमका अनुसार ‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  

टेलिकमका अनुसार एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *1415*3#  मा र ७ रातका लागि लिन *1415*3#2 मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNLर ७ दिनका लागि भए *1415*3#2  टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ।

योजना अनुसार नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ । 



 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved