रिचार्ज बराबरको बोनस दिन टेलिकम कम्पनीलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 07:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

उपभोक्ताले जति रकमको रिचार्ज गर्छन् सोही बराबरको बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणको मंगलबारको सञ्चालक समिति बैठकले एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार प्राधिकरणले सेवा प्रदायकहरुलाई निर्णय पठाएरै निर्देशन दिएको छ। २ सय रुपैयाँसम्म सापटी दिन पनि टेलिकम कम्पनीहरुलाई निर्देशन दिइएको छ। सस्तो डाटा प्याकेज घोषणा गर्न प्राधिकरणको पूर्व स्वीकृतिसमेत नचाहिने व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved