लकडाउन अवधिभर टेलिकमले ग्राहकलाई दिदै छ यी २ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 07:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नगर्दा जरिवाना नलाग्ने भएको छ ।  टेलिकमले महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना लकडाउन अवधिभरको लागि मिनाहा गर्ने निर्णय गरेको हो।

त्यस्तै टेलिकमले एडीएसएल तथा एफटीटीएच सेवाहरूको  समयावधि सकिए पनि लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ ।  टेलिकमको सेवा अत्यावश्यक सेवाको रूपमा रहेको र राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved