लकडाउनका बेला टेलिकमले ल्यायो थप अफर र सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 07:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले कोरोना भाइरसको कारण सरकारले लगाएको लकडाउनको बेला दिँदै आएको भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । कम्पनीले अफरको अवधि २७ चैत्र २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो । 

जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ । यसैगरी दोश्रो प्याकेजमा  २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । 

कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराईने कम्पनीले बताएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सयमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस प्राप्त हुनेछ ।

उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र १४१५ मा डायल गरेर लिन सकिनेछ ।

यसैबी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् । 

साथै, वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोमा यसलार्ई परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा ५ सयसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ । 

साथै जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको छुट क्रमशः ३० प्रतिशत र २७ प्रतिशत लकडाउन अवधिभर निरन्तर रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved