टेलिकमको अनलाई शिक्षा प्याकेज,यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 09:39:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले अनलाइन पठनपाठन सञ्चालन गर्नका लागि ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । देशका विभिन्न विश्वविद्यालय तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाइ बजार मूल्यभन्दा सस्तो दरमा डाटा सेवा उपलब्ध गराउन उक्त प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमाा ६ जिबी र ५०० रुपैयााँ १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैयाँमा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने जनाइएको छ । 

यसैगरी ५०० रुपैयाँमा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

ई–शिक्षा प्याकेज नेपाल कम्पनीले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने जनाइएको छ । 

उक्त प्याकेजहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved