सिमकार्ड बिक्रिमा कडाई, यस्तो छ नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 05:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सिमकार्ड वितरणमा  कडाई गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अब सिम कार्ड खरिद गर्दा आफु स्वयं उपस्थित भई आफ्नो सक्कली नागरिकता समेत पेश गर्नु पर्ने ब्यबस्था गरेको हो ।

एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा बढेकोले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । 

यस सँगै अब सिमकार्डको विक्री वितरण गर्दा तथा हराएको वा विग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिंदा अनिवार्य रुपमा आफु स्वयम् उपस्थिति भई आफ्नो सक्कल परिचय पत्रसँग प्रतिलिपी रुजु गरी  भरेको फाराम चेकजाँच गरी मात्र नयाँ सिम पाइने छ । प्राधिकरणले यस प्रयोजनको लागि नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोाजिमको अन्य परिचय पत्रहरु देखाउन सकिने जनाएको छ । 

ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको छ । साथै निरिक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही हुने प्राधिकरणले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved