इन्टरनेट सेवा प्रदायकलाई फोन गर्दा पैसा नलाग्ने ब्यबस्था गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 03:47:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणले सबै इन्टरनेट र इमेल सेवा प्रदायकलाई टोल फ्री नम्बरको ब्यबस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले  ग्राहकसेवालाई थप प्रभावकारी बनाउनको लागि  ग्राहकहरुले फोन गर्दा शुल्क नलाग्ने ब्यबस्था गर्न निर्देशन दिएको हो ।

सेवा प्रदायकहरुले ग्राहकसंग लिइने सेवा शुल्क सम्बन्धि विवरणहरु निःशुल्क उपलब्ध गराउनुपर्ने, सेवाको गुणस्तर सम्बन्धमा ग्राहकको गुनासो तोकिएको समय भित्र समाधान गर्नुपर्ने, साथै सेवा प्रदायकले सेवाग्राहीहरुको Support & Maintenance तथा अन्य सेवा सम्बन्धि गुनासोहरु समाधान गर्नुपर्ने प्रयोजनको लागि टोल फ्री नम्बरको ब्यबस्था गर्न भनेको हो ।

टोल फ्री  नम्बर ब्यबस्था नगरे  दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने प्राधिकरणले चेतावनी समेत दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved