सरकारी कर्मचारीले नै गरे टेलिकमको सिस्टम ह्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 02:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को मोबाइल एपको सर्भर ह्याक गरि अनुचित लाभ उठाएको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। एपको सर्भर प्रणालीभित्र प्रवेश गरेर प्याकेजको दुरुपयोग गरि आर्थिक लाभ उठाएको आरोपमा धनकुटाका दिवाकर देउजा पक्राउ परेको केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंजले जनाएको छ। 

पक्राउ परेका देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटा मा कम्प्युटर अपरेटरका रुपमा कार्यरत रहेको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जनाएका छन्। देउजाको साथबाट दुई थान ल्यापटप र दुई थान मोबाइल बरामद गरिएको छ। 

देउजाले पहिचान नखुल्ने गरि इन्टरनेटको प्रयोग गरि टेलिकमलाई हानिनोक्सानी पुर्‍याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्‍याएको प्रवक्ता पाण्डेले जनाएका छन्। अनुसन्धानमा देउजाले अनाधिकृत रुपमा टेलिकमको सर्भर प्रणालीमा पटक पटक पहुँच बनाएर अनुचित लाभ उठाएको भेटिएको प्रवक्ता पाण्डेले बताए। 

वर्ष २८ को देउजालाई २०७७ असार ३१ गते जिल्ला धनकुटाबाट पक्राउ गरी बिद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडी बढाउनको लागि आजै नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved