संघीय संरचनामा गयो नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 06:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले संघीय अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी प्रादेशिक निर्देशनालय तोकेको हो ।

प्रदेश १ को प्रादेशिक निर्देशनालय विराटनगर, प्रदेश २ को वीरगञ्ज, बगमतीको काठमाडौं, गण्डकीको पोखरा, प्रदेश ५ को भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रादेशिक निर्देशनालय अत्तरियामा स्थापना गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । जस बमोजिम कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार टेलिकमको प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको जानकारी दिएको छ ।

यस्तै कम्पनीले साविक टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको सुरु गरेको छ । कार्यक्रममा निर्देशक मालाकारले टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved