टेलिकमले ल्यायो नयाँ वेबसाइट, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 11:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले वेबसाइट परिमार्जन गरेको छ । कम्पनीले थप सुविधाका साथ नयाँ वेबसाईट ल्याएको हो । 

नयाँ वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिने भएको हो । त्यस्तै साथीभाईलाई प्याकेज गिफ्ट दिन र आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको बारेमा समेत जानकारी लिन सकिने कम्पनीले जनाएको छ । 

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसी फर्म समेत वेबबाटै भर्न सकिन्छ । त्यस्तै कम्पनीबाट उपलब्ध रोमिङ सेवा, एफएनएफ सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सभि, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिने कम्पनीले जनाएको छ । 

यस्तै कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने भएको छ । 

कम्पनीका अनुसार नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ । कम्पनीका अनुसार आफूलाई आवश्यक पर्ने टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छन् । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तै मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved