टेलिकमले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका, अरुको नम्बर पनि रिचार्ज गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 05:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले रिचार्ज गर्नको लागि ब्यबस्थाको सुरुवात गरेको छ । कम्पनीले *412# डायल गरेर रिचार्ज गर्न सकिने जनाएको हो । 

टेलिकमका अनुसार  *412#  डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।  

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (SIP)  सेवाहरुको रिचार्ज  *412#  प्रयोग गरी सहज रुपमा गर्न सकिने टेलिकमले जनाएको छ। 

त्यस्तै कम्पनीले नयाँ सिम सुचारु  गर्न हाल १४१५ मा कल गरी गर्न सकिने ब्यबस्था गरिएकोमा अब  भने *1414# डायल गरी गर्न सकिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved