प्याब्सनको शब्दावलीमा टेलिकमको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 07:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले प्रयोग गरेको शब्दावली प्रति आपत्ति जनाएको छ । ई–शिक्षा प्याकेजको सम्बन्धमा टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोग गरेकोमा टेलिकमले आपत्ति जनाएको हो । 

टेलिकमका अनुसार मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा छलफल बमोजिम नै  ई–शिक्षा प्याकेज वा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको थियो ।  तर प्याब्सनले अनपेक्षित रुपले प्याब्सनले टेलिकमलाई कुनै जानकारी नगराई प्याकेज सम्बन्धी परिपत्र आफ्नो वेबसाइटमा राखेको टेलिकमले जनाएको छ । 

सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई  दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति आफ्नो  ध्यानाकर्षण भएको टेलिकमले जनाएको हो । टेलिकमले भनेको छ 'आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ । '



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved