टेलिकमले ल्यायो नयाँ डाटा प्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 08:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक सार्वजनिक गरेको छ ।  टेलिकमले  बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरपारेर प्याक ल्याउने भएको हो । 

सो प्याकेज अन्तर्गत ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने र यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने टेलिकमले जनाएको छ । 

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा पठाउनु पर्ने टेलिकमले जनाएको छ ।  सीफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 

टेलिकमका अनुसार ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved