'नेपालीहरुले आइपिएल र विश्वकप फुटबल हेर्न नपाउने अवस्था आउँन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 03:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको तयारी अनुसार कात्तिक ८ गतेदेखि नेपालमा क्लिन फिड लागु हुँदैछ । विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा अनुसार क्लिन फिड लागुका लागि मन्त्रालयले  विज्ञापन नियमावली तयार गरी मन्त्रीपरिषद्मा पेश गर्ने तयारी गरेको छ । 

सरकार विज्ञापन रहित बिदेशी टेलिभिजन च्यानल प्रशारण गर्ने तयारी गरिरहदा उपभोक्तामा भने विदेशी च्यानल हेर्ने नपाउने हो कि भन्ने चिन्ता थपिएको छ। बिज्ञापन बीना बिदेशी च्यानल नेपाल  आउने नआउने अन्यौलका विचमा क्लिनफिड लागू हुँदा ति च्यानलमा प्रसारण भैईरहेका र भविष्यमा हुने कार्यक्रम हेर्न नपाउने बिषयले  युवाहरु बढी चिन्तीत भएका हुन् ।  

भारत लगायतका च्यानलमा खेलकुद, मनोरञ्जन, अन्तराष्ट्रिय समाचार लगायतका बिषयहरु प्रसारण हुने तर त्यहि गुणस्तर र स्तरमा नेपालका च्यानलले ती कार्यक्रम क्यारी नगर्ने भएकाले युवाहरु चिन्तित भएका हुन्। 

सरकारले लागू गर्ने भनेपनि यसको मोडालिटी स्पष्ट नहुँदा नजिकिंदै गरेको आइपिएल र विश्वकप घरमा बसेर नै हेर्न नपाउने हो कि भन्ने चिन्ता थपिएको छ । यथास्थितिमा क्लिन फिड  लागू भएमा विदेशका च्यानलमा बिज्ञापन प्रसारण हुने छैनन्।

जसले गर्दा अहिले भारतबाट वितरण भईरहेको फिड नेपालकै लागि बनाउँदा नेपालका च्यानल वितरकहरुले अहिले भन्दा महँगो मुल्य तिर्नु पर्ने र अन्तत त्यो लागत नेपालीले नै तिर्नु पर्ने भएकाले धेरै नेपालीले महँगो मुल्य तिरेर बिदेशी च्यानल हेर्न नसक्ने देखिन्छ। 

यो व्यवस्थाले गर्दा बढी पैसा तिर्नेले मात्र आइपीएल र विश्वकप प्रशारण हुने लगायतका च्यानल हेर्न पाउनेछन भने अहिले तिरिरहेको मुल्य तिरेर यी च्यानल हेर्न नपाइने हुन् सक्छ। महंगो मुल्य तिर्न नसकेकै कारण धेरै नेपाली युवाले आगामी आइपीएल र विश्वकप हेर्न नपाउने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ। 

अहिले तिरिरहेकै मुल्य तिरेर आइपिएल र विश्वकप जस्ता महत्त्वपूर्ण इभेन्ट्स हेरिरहेकाहरुले महँगो मुल्य तिर्न नसकेपछि चोरबाटोबाट भएपनि यी च्यानल हेर्न सक्ने भएकाले यसले नेपालको बजार मात्रै नभई सरकारको राजश्वमा समेत धक्का लाग्ने देखिन्छ। 

डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष सुदीप आचार्य स्वयंम क्लिनफिड निति लाग भएपछि विश्वकप र आईपिएल हेर्नसक्ने अवस्था नहुन सक्ने बताउँछन् । कात्तिकदेखि क्लिनफिड लागु गर्दा उपभोक्तालाई दोब्बर आर्थिक भार पर्ने भन्दै विदेशी च्यानल कम्पनीहरुले नै च्यानल काट्ने अनुमान गर्न सकिने उनि बताउँछन् । 

‘उपभोक्तालाई बढी भार पर्ने, तर खोजेको च्यानल हेर्न नपाउदा गैरकानुनी रुपमा च्यानल हेर्नेको संख्यामा समेत बृद्धि हुने अनुमान गर्न सकिन्छ । हामिले हाल हेर्दै गरेको एड्भरटाइजिङ फिडको च्यानल हो । च्यानलमा विज्ञापन आउँछ, विज्ञापन बजेबापत हामीले निःशुल्क च्यानल हेर्ने गरेका छौं’ उनले भने। 

उनि अगाडी थप्छन, ‘अब विज्ञापन देखाउनै नपाएपछि हामीले निःशुल्क हेर्न पाईदैन, निःशुल्क हेर्न पाउने च्यानलको त शुल्क तिर्ने गरेका हामीहरु दोहोरो मारमा पर्ने भएका छौं । यसैले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् । हामीले एकातिर विदेशी च्यानल हेरेबापत पैसा पनि तिर्नुपरेको छ र अर्कोतिर विज्ञापन पनि हेरिरहनुपरेको छ ।’

आईपिएल तथा विश्वकपमा विभिन्न कम्पनीहरुले सहयोग गरेका विज्ञापन सहितको कार्यक्रम प्रशारण हुन्छन्। तर नेपालमा विज्ञापन रहित विदेशी च्यानल लागुहुँदा च्यानल नै हेर्न नपाउने सम्भावना बढी देखिएको सरोकारवालाहरु बताउँछन्। 

अधिकांश खेलहरुमा खेलको अतिरिक्त समयमा मात्र बिज्ञापन प्रशारण हुने नभई प्रत्येक खेलाडीका पोशाक र खेल मैदानमा नै बिज्ञापन देखिने भएकाले सरकारले यसको व्यवस्थापन कसरी गर्छ भन्ने अहम प्रश्न खडा भएको छ।

के हो क्लीन फिड ?

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलहरुले बिज्ञापन रहित (क्लिन फिड) प्रशारण गर्नुपर्नेछ । अर्थात उक्त प्राबधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलका कन्टेन्ट बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन् । 

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मा ल्याएको थियो । 

उक्त ऐनमा वस्तु वा सेवाको बजार प्रवद्र्धन, बिक्रीवितरण गर्न, त्यस्तो वस्तु वा सेवाको प्रचारप्रसारको लागि विज्ञापन गर्ने लगायतका काम गर्न नपाउने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved