साइबर सुरक्षा नियमावली लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 11:43:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसञ्चार प्राधिकरणले ‘साइबर सुरक्षा नियमावली, २०७७’ लागू गरेको छ। नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले 'साइबार सुरक्षा नियमावली २०७७' स्वीकृत गरी लागु गरेको हो । 

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरु (आधारभूत दूरसञार, टेलिफोन, मोबाईल, नेटवर्क, इन्टरनेट लगायत) को लागि उक्त सुरक्षा नियमावली जारी गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन्। उनका अुनसार सञ्चार प्रविधिका पूर्वाधारलगायत सूचना प्रणालीलाई विभिन्न प्रकारका साइबर आक्रमणबाट जोगाउन साईबर सुरक्षा नियमावली २०७७ लागु गरिएको हो । 

साइबर सुरक्षा नियमावली सेवाप्रदायकले सुरक्षाका विषयमा गर्नुपर्ने कामहरुलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड तथा अभ्यासअनुसार तयार पारिएको जनाईएको छ।

नियमावलीमा सेवाप्रदायकले गोप्य राख्नुपर्ने ग्राहकका सूचना, प्रयोग गर्नुपर्ने सप्टवेयर तथा सबै सिष्टमहरु उल्लेख गरिएको छ। सेवाप्रदायकले आइपी अडिट गरी तीन देखि ६ महिनामा प्राधिकरणमा बुझाउनुपर्ने, बुझाइएको अडिट रिपोट तथा प्रतिवेदनमा प्राधिकरणले क्रस चेक समेत गर्न सक्ने छ । 

पछिल्लो समय सञ्चार प्रविधिको प्रयोगसगैँ दुरुपयोग समेत बढ्न थालेपछि सञ्चार प्रविधिका क्षेत्रमा आउने समस्याको समाधान सगैँ सेवाप्रदायक कम्पनीले साइबर सुरक्षामा गर्नुपर्ने कामहरुको गाइडलाईन गर्ने साईबर सुरक्षाका नियमावली जारी गरिएको प्राधिकरणले जनाएको छ। सरकारले समेत साईबार सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने विषयमा गम्भिर ध्यानकर्षण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved