टिकटकका कारण इन्टरनेट प्रयोगमा देखिएको समस्या समाधान

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 04, 2020 | 12:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अत्याधिक टिकटक प्रयोगका कारण नेपालको इन्टरनेटमा देखिएको समस्या समाधान हुने भएको छ । बन्दाबन्दीमा टिकटक प्रयोगको मात्र अप्रत्यासित रुपमा बढ्दा नेपालको समग्र इन्टरनेटमा नै समस्या भएको थियो । 

इन्टरनेट सेवाप्रदायकहरूको संस्था नेपाल (आईस्पान) का अनुसार टिकटकसँगको सहकार्यमा सर्भर जडान भैसकेले समस्या समाधान हुने भएको हो । आईस्पानका अध्यक्ष भोजराज भट्टले अकामाईसँगको सहकार्यमा टिकटकको स्थानीय कन्टेन्टका सबै टेक्निकल इकयुमेन्टहरु जडाइ भैसकेको बताए । ‘सबै इक्युमेन्टहरु जडान गरेर भरिने क्रममा छ, अबको दुई तीन दिनमा सबै काम सकिन्छ,’ उनले भने, ‘हाल इन्टरनेटमा देखिएको समस्या अब विस्तारै समाधान हुन्छ ।’

भारत, अमेरिका लगायतका देशले चिनियाँ एप टिकटक प्रयोगमा प्रतिवन्ध लगाए सगैँ टिकटकले सर्भरमा परिर्वतन गरेको थियो । टिकटकले हाइपर टेक्सट् ट्रान्सफर प्रोटोकल (एसटीटीपी) बाट हाइपर टेक्सट् ट्रान्सफर प्रोटोकल सेक्युर (एसटीटीपीएस) सर्भर बिना जानकारी परिवर्तन गर्दा नेपालमा समस्या भएपछि सेवाप्रदायकहरुले टिकटकसँग सहकार्य गरेका हुन् । 

नेपालमा सर्भर जडान भएतापनि ६० प्रतिशत मात्र समस्याको समाधान हुने सुविसुका अध्यक्ष सुधिर पराजुली बताउँछन् । ‘हामीले गरेको आग्रह अनुसार अबको दुई तीन दिनमा नै नेपालमा राखिएको सर्भरबाट काम सुरु हुन्छ, सय प्रतिशत नै समाधान हुन्छ भने पनि अन्तराष्ट्रिय ट्राफिकिङ अनुसार हामीले ६० प्रतिशत मात्र समस्याको समाधान हुने अनुमान गरेका छौँ, उनले भने ।

बन्दाबन्दीपछि अत्याधिक मात्रामा टिकटकका प्रयोगकर्ता बढ्दा २० प्रतिशत बढी अन्तराष्ट्रिय ब्यान्डविथ खपत भएको उनी बताउँछन् । सुरुवाती चरण्मा १.१ प्रतिशत मात्र प्रयोगमा आएको उक्त एपको प्रयोग बन्दाबन्दीपछि १२ प्रतिशतसम्म पुगेको उनको भनाई छ । 

उनले भने 'हामीेले प्रत्यक वर्ष इन्टरनेट प्रयोगको दरमा ५ देखि १० प्रतिसत सम्म बढ्ने अनुमान गरेर धेरै ब्यान्डविथ राख्ने गरेका हुन्थ्यौँ, तर नसोचेको तरीकाले प्रयोगकर्ता बढ्दा व्यवस्थापनमा नै समस्या देखियो । '

यसैगरी सरकारी स्वामित्वमा सञ्चालित इन्टरनेट सेवाप्रदायक कम्पनी नेपाल टेलिकममा पनि टिकटकले २५ प्रतिशतसम्म ब्यान्डविथ खपत भएको जनाईएको छ । बन्दाबन्दी अघिसम्म सामान्य प्रयोग भएको ब्यान्डविथ बन्दाबन्दीसगैँ बढ्दा यसको व्यवस्थापन कसरी गर्नै भन्ने विषयमा छलफल भएको टेकिलमका प्रवक्ता राजेश जोशी बताउँछन् । 

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल दुरसंचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सर्भर परिवर्तन सगैँ हाल ३० प्रतिशतभन्दा बढी ब्यान्डविथ खपतमा बृद्धि भएको छ । बन्दाबन्दीअघिसम्म १६ प्रतिशत मात्र खपत हुँदै आएको व्यान्डविथ हाल दोब्बर प्रयोग भएको छ । 

केही सातायता टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको आइस्पानले जनाएको छ । लकडाउनअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुने गरेकोमा  लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved