रिचार्ज र ब्यालेन्स चेक अब नयाँ तरिकाबाट, सबै कम्पनीको समान कोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 11:20:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीले अब एउटै सर्ट कोडहरु प्रयोग गर्नु पर्ने भएको छ । सेवाप्रदायक कम्पनी अनुसार फरक÷फरक सर्ट कोड प्रयोग हुँदै आएकोमा अब सबैले एउटै कोड प्रयोग गर्नु पर्ने भएको हो । 

सर्ट कोड भनेको मोबाइलमा ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्नको प्रयोग गरिने कोड नम्बर हो । नेपाल दुरसञ्चार प्राधिकरणले ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ जारी गर्दै सबै कम्पनीले एउटै प्रयोग गर्नु पर्ने भएको हो । हालसम्म  फरक÷फरक मोबाइल सेवा प्रदायकका फरक फरक  सर्ट कोड रहेकोमा अब समान हुने भएको हो । 

प्राधिकरणले कार्यविधि लागु भएको ६ महिना भित्र सबै कम्पनीले सर्ट कोडमा समानता ल्याउनु पर्ने जनाएको छ। यस संगै ६ महिनापछि जुनसुकै मोबाइल सेवा प्रदायक कम्पनी भए पनि  ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ प्रयोग गर्नुपर्ने हुन्छ । 

फरक÷फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नयाँ व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । कार्यविधमा उल्लेख भएअनुसार १६६० बाट सुरु हुने टोल फ्रि नम्बर अब १८०० बाट सुरु हुनेछ । त्यस्तै ११ अंकमा हरेको टोल फ्रि नम्बर अब १० अंकमा रहनेछ । यसअघि नेपाल टेलिकमले ११ अंक र एनसेलले १० अंकको टोल फ्रि नम्बर प्रयोग गर्दै आएका थिए । 

अंक अनुसार फरक सेवा

कार्यविधी अनुसार अंक अनुसार छुट्टा छुट्टै सेवा रहनेछन् । जसमा ३ अंकको सर्ट कोड अत्यावश्यक आकस्मिक सेवा (प्रहरी, एम्बुलेन्स) का लागि मात्र प्रयोग गर्नुपर्नेछ । यसैगरी चार अंकको सर्टकोड जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका विभिन्न निकायका एंव संवैधानिक निकायहरुले प्रदान गर्ने सेवाहरुका लागि तोकिएको छ ।

सेवा प्रदायकले अन्य अतिरिक्त सेवा उपलब्ध गराउने प्रयोजनका लागि ५ अकंको सर्ट कार्ड प्रयोग गर्न सक्नेछन् भने टोल फ्री सेवाका लागि १० अंकको सर्ट कोर्ड प्रयोग हुनेछ । निजी क्षेत्रले ४ अंकको टोल फ्री नम्बर प्रयोग गरिरहेको भए उनीहरुबाट सो नम्बर फिर्ता लिई प्राधिकरणले १० अंकको नम्बर उपलब्ध गराउनेछ ।

दूरसञ्चार सेवा प्रदायकले यसअघि ४ अंकको सर्ट कोड प्रयोग गरेको भए त्यसलाई ५ अंकमा परिवर्तन गर्नुपर्ने भएको छ । अर्थात् चार अंकको सर्ट कोडबाट प्रयोग भइरहेका एसएमएस, आईभीआर, यूएसएसडीलगायत अन्य सेवालाई ५ अंकको सर्ट कोडमा रुपान्तरण गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved