अन्यौलमा क्लिन फिड: कार्यन्वयन मिति ६ महिना पर सार्न नेपाललाई भारतको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 10:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय टेलिभिजनहरुको संगठन  इन्डियन ब्रोडकास्टिङ फोरम ले क्लिन फिड नीति कार्यन्वयनको अवधि ६ महिना पछि सार्नलाई नेपाल सरकार समक्ष प्रस्ताव गरेको छ। कोभिड १९ का कारण तयारी नपुगेको भन्दै तोकिएको भन्दा ६ महिना ढिला गरि क्लिन फिड लागू गर्नलाई अनुरोध गर्दै आइबिएफ ले नेपाललाई पत्र लेखेको हो। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारतमा समेत लकडाउन गर्नुपरेकाले चाहेर पनि यसको तयारी गर्न नपाएको आइबिएफ ले लेखेको पत्रमा उल्लेख छ। आफुहरुको तयारी बिनानै नेपाल सरकारले क्लिन फिड लागू गरेको अवस्थामा नेपालमा भारतीय टेलिभिजन प्रसारण हुन नपाउँदा बजार गुम्‍ने कारण देखाएर आइबीएफले कार्यन्वयनको अवधी कम्तिमा ६ महिना पर सार्नलाई अनुरोध गरेको छ। 

कोभिडको लकडाउनका कारण क्लिन फिड लागू गर्न चाहिने आवश्यक पूर्वाधार तयार गर्न तथा डिकोडरको परीक्षण, वितरण तथा परिचालन गर्न समस्या भएको आइबीएफले जनाएको छ। 

आइबीएफले सञ्चार तथा सूचना प्रविधि सचिव हरिप्रसाद बस्याललाई सम्बोधन गर्दै लेखेको उक्त पत्रमा बोधार्थमा भारत स्थित नेपालका राजदुत निलाम्बर आचार्य, नेपाल स्थित भारतका राजदुत बिनय मोहन कोह्त्रा, भारतका सूचना तथा प्रशारण सचिव अमिल खरे र नेपाल हेर्ने परराष्ट्र सहसचिव अरिन्दम बाघी छन्। 

नेपालमा यहि कात्तीक ८ गतेदेखि अनिवार्य रुपमा क्लिन फिड लागू गर्ने बिज्ञापन नियमन ऐन २०७६ मा उल्लेख छ। नेपाल सरकारले पनि कुनै पनि हालतमा कात्तिक ८ देखि क्लिन फिड लागू गर्ने बताउदै आएको छ। तर क्लिन लागू गर्ने बिषयमा सरोकारवाला सबै पक्ष सहमत भएपनि यसको मोडालिटीलाई लिएर सबैको फरक मत रहेको छ। 

नेपालमा हाल प्रसारण भईरहेका अधिकांश बिदेशी च्यानलहरु भारतको फिडमा नेपालमा प्रशारण भईरहेका छन्। क्लिन फिड लागू भएपछि बिदेशी च्यानलहरुले नेपालका लागि मात्र फिड क्लिन गरेर च्यानल देखाउनुपर्ने हुन्छ। यसका लागि धेरै प्राविधिक कठिनाई रहेको आइबीएफले नेपाल सरकारलाई जानकारी गराएको छ। 

अहिले यथावत नीति अनुसार कात्तिक ८ देखि नेपालमा प्रशारण हुने कुनै पनि बिदेशी टेलिभिजनमा बिज्ञापन देखाउन पाइनेछैन अर्थात बिज्ञापन बीना बिदेशी टेलिभिजन प्रशारण हुनुपर्नेछ। तर बिज्ञापन सहित वा बिज्ञापन रहित भन्ने बिषयमा अझैं सम्म सरोकारवालाबीच सहमति जुट्न सकेको छैन भने नेपाल सरकार पनि स्पष्ट देखिदैन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved