एनसेलले अब ४० पैसामै डेटा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 04:09:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने बताईएको छ । यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । 

पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै प्रति एमबी कर बाहेक २ रुपैयाँमा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रुपैयाँ प्रति एमबी पर्दछ । एक हप्तामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क १ रुपैयाँमा झर्नेछ । 

यदी ग्राहकले एक हप्तामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । 

साप्ताहिक चक्रमा हरेक हप्ता आइतबार देखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुनेछ  । कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रुपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० भन्दा बढि खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रति एमबीमा झर्नेछ । त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि ४० पैसा प्रति एमबीमा डेटा सेवा पाउँनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved