२६ इन्टरनेट कम्पनीले दिएनन् निशुल्क कल सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 01:15:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदान गरिरहेका २६ कम्पनीले सेवाग्राहीलाई निशुल्क कल सुविधा प्रदान नगरेको पाईएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य रुपमा शुल्क नलाग्न (टोल फ्री) नम्बरको व्यवस्थापन गर्न निर्देशन दिएपनि २६ कम्पनी अटेरी गरेका हुन् ।

इन्टरनेट सेवा सम्बन्धमा उपभोक्ताले गुनासो गर्दा वा जानकारी लिदा शुल्क लाग्ने गुनासो आएपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई अनिवार्य रुपमा शुल्क नलाग्ने नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियो । प्राधिकरणले ४० वटा सेवाप्रदायक कम्पनीलाई गत असार १० गते पत्र पठाउँदै १५ दिनभित्र टोल फ्री नम्बरको व्यवस्थापन गर्न दिर्नेशन दिईएतापनि तीन महिना पूरा हुँदा केहीले मात्र कार्यान्वयन गरेका हुन् । 

४० वटा सेवाप्रदायक मध्येमा हालसम्म १४ वटा सेवाप्रदायक कम्पनीले मात्र टोल फ्री नम्बरको व्यवस्थापन गरेको प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । उनका अनुसार निर्देशन दिएको तीन महिना पूरा हुँदा समेत निर्देशन कार्यान्वयन नगर्ने सेवा प्रदायकलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी भइरहेको छ । प्राधिकरणकाे तयारी अनुसार निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही हुनेछ । 

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म नेपाल टेलिकम, वल्डलिंक, सुबिसु लगायतका १४ वटा सेवा प्रदायकले टोल फ्री नम्बरको व्यवस्थापन गरेतापनि २६ कम्पनीले अझै व्यवस्थापन गरेका छैनन् । 

नेपाल टेलिकमले १६६००१–१४९८, वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले १६६००१–५५०५०, सुबिसु केबलनेट प्रालि १६६००१–५९९९९ र ब्रोड ब्याण्ड नेपाल प्रालि १६६०७१–५२००४ राखेको छ । यसैगरी टेकमाइन्ड्स नेटवर्क प्रालिले एनटिसीका लागि १६६०५६–५१२२२ र एनसेलका लागि ९८०१५७५६६६ नम्बर राखेको छ । 

ईस्ट लिंक टेक्नोलोजी प्रालिको १६६००१–९५९८५, स्काई ब्रोण्डब्यान्ड लिमिटेडको १६६००१–५८८८७, एर्रोनेट प्राइभेट लिमिटेडले १६६००१–४२२२२, मेट्रोलिंक व्यवसाय समूह प्राइभेट लिमिटेडको १६६०७१५६२२२ रहेको छ । यसैगरी बिग मस्र्याङ्दी नेट प्रालिको ९८०१५६५६६६, प्रमु डिजिटल लिमिटेडको १६६००१–७८७९९ र ९८०१५७१९, पोखरा इन्टरनेट प्रालिको ०६१५४०१८८ र ०६१५२०९१०, मर्केन्टाइन कम्युनिकेशन प्रालिको १६६००१–१००८२२ र सुपरएट नेटवर्कस् प्रालिको ९८०१५७५७५० रहेको छ । यी बाहेकका कम्पनीले टोल फ्री नम्बर राखेका छैनन् ।  

इन्टरनेटको गुणस्तरबारे गुनासो गर्न वा मर्मतका लागि उपभोक्ताले सेवा प्रदायकलाई फोन गर्दा हाल शुल्क काटिदै आएको छ । सेवा प्रदायकलाई फोन गर्दा एक शाखाबाट अर्को शाखामा फोन ट्रान्सफर गर्दा नै धेरै समय तथा शुल्क लाग्ने गुनासोपछि नियामक निकाय प्राधिकरणले टोल फ्री नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved