विज्ञापन बोर्डको अध्यक्षमा शर्मा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 03:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन बोर्डको अध्यक्षमा डिल्लीराम शर्मा नियुक्त भएका छन् । गत म‌गलबार बसेको मन्त्रीपरिषद् बैंठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

विहीबारको नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गरिएको बताएका हुन्। बोर्डको अध्यक्ष सरकारले खुला प्रतिस्पर्धामार्फत छनोट गर्नुपर्ने भएतापनि अध्यक्ष नभएको अवस्थामा बोर्डको एक सदस्यलाई अध्यक्षको जिम्मेवारी दिने व्यवस्था अनुसार शर्मालाई नियुक्त गरेको हो । 

बोर्डमा खुला प्रतिस्पर्धाबाट छानिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ । यस्तै विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थाहरूमध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुने प्रावधान ऐनमा छ ।

मन्त्री गुरुङले कार्तिक ८ गतेबाट क्लिन फिड पूर्ण रुपमा लागु हुने र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरु विज्ञापन रहित हुने बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved