क्लिन फिडको शास्ती: बन्द च्यानल हेर्न महिना कुर्नुपर्ने, टिभी हेराई १०० प्रतिशतले महँगिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2020 | 08:15:19 PM मा प्रकाशित

laxmi  sunrise bank

क्लिन फिडका कारण बन्द विदेशी च्यानलहरु पूर्ण रुपमा संचालनमा आउँन महिना दिन लाग्ने भएको छ। कात्तिक ७ देखि पूर्ण रुपमा कार्यन्वयनमा आएपछि केहि बाहेक नेपालीहरुले हेर्दै आएका दर्जनौं च्यानलहरु बन्द भएका छन्। 

नेपाल सरकारले यहि कात्तिक ७ गतेदेखि बिदेशी च्यानल बिज्ञापन बीना नै प्रशारण गर्नुपर्ने व्यवस्था गरेपनि यसको मोडालिटी स्पष्ट पार्न नसकेकाले धेरै विदेशी च्यानलहरु विज्ञापन रहित अवस्थामा प्रशारण हुन नसकेको सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

उनकाअनुसार अहिले सोनी र जी नेटवर्क अन्तर्गतका ३१ वटा तथा कलर्स च्यानल मात्रै बिज्ञापन रहित प्रशारण भईरहेका छन्। तर नेपालका उपभोक्ताहरुले हेर्दै आएका स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, अन्तर्गतका दर्जनौं च्यानलहरु बिज्ञापन रहित रुपमा प्रशारण हुनलाई करिब महिनादिन लाग्ने छ। 

पराजुलीको भनाईलाई आधार मान्दा अझैं महिना दिन नेपाली उपभोक्ताहरुले आफुले रोजेका र चाहेका च्यानल तथा कार्यक्रमहरु टेलिभिजनमा हेर्न पाउने छैनन्। जसकारण नेपालीहरुले दुबईमा जारी आइपीएल, इङ्गलिस प्रिमियर तथा अन्य लिगहरुका फुटबल, विश्वकप २०२२ का क्वालीफाई खेल तथा बिभिन्न च्यानलहरुमा आइरहेका बिगबोस जस्ता रियालिटी शो हेर्न पाउनेछैनन।

क्लिन फिडमा ठुलाका आ-आफ्ना स्वार्थ, जनताले इच्छाएको च्यानल हेर्न नपाउने

टिभी हेराई शतप्रतिशत महँगो हुने 

टिभी हेराई केहि समयका लागि २५ प्रतिशत महँगो हुने भएपनि ७-८ महिनाको अन्तरालपछि शुल्क शतप्रतिशत महँगो हुने च्यानल वितरकहरुको भनाई छ। विज्ञापन बीना च्यानल प्रशारण गर्नुपर्ने भएकाले केहि समयपछि शुल्क शतप्रतिशत महँगो हुने सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

उनकाअनुसार अहिले बिदेशी ब्रोडकाष्टिङहरुसँगको छलफलले अबका दिनका टिभी हेराई महँगो हुनेछ। नेपालका लागि छुट्टै र क्लिन फिड बनाउनुपर्ने भएकाले त्यसको लागत अन्तत उपभोक्तामा नै जोडिने भएकाले टिभी हेराई महँगो हुनेछ। 

क्लिन फिडमा चुक्यो सरकार: नेपालीहरुले 'तत्काल' चर्चित च्यानल हेर्न नपाउने

नेपालमा चार दर्जन बढी नेपाली च्यानलहरु प्रशारण भईरहेपनि नेपाली उपभोक्ताको रोजाईका कार्यक्रम तथा विश्वका बिभिन्न देशमा भईरहेका बिभिन्न खेल तथा अन्य कार्यक्रम प्रशारण गर्न सकिरहेका छैनन्। जसले गर्दा नेपाली उपभोक्ताले नचाहेर पनि खेलकुद मनोरञ्जन तथा अन्य विषयसँग सम्बन्धित च्यानलहरु हेर्नलाई अहिले पनि भारत लगायतका देशका च्यानलमा भर पर्नुपर्ने बाध्यता छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved