सिएनएन लगायत ४ नेटवर्कका च्यानल संधैलाई बन्द, टिभीमा आइपीएल र इपिएल कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2020 | 12:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

क्लिन फिडका कारण बन्द विदेशी च्यानलहरु अझैं पूर्ण रुपमा संचालनमा आएका छैनन्। नेपालीहरुले हेर्दै आएका च्यानलहरु विज्ञापन रहित भएर आउँनलाई अझैं महिना दिन लाग्ने च्यानल वितरकहरुले जनाएका छन्। 

कात्तिक ७ देखि क्लिन फिड अर्थात बिज्ञापन बीना नै बिदेशी च्यानल आउनुपर्ने भएपनि अझैं धेरै च्यानलहरु प्रशारण हुन् सकेका छैनन्। नेपाली उपभोक्ताका रोजाईमा पर्ने स्टार, सोनी नेटवर्क अन्तर्गतका च्यानलहरु बन्द नै छन् भने जी, एचबिओ, कलर्स नेटवर्क अन्तर्गतका केहि सिमित च्यानलहरु सुचारु भएका छन्। क्लिन फिड भनेर प्रशारण भएका च्यानलहरु पनि अझैं पूर्ण रुपमा क्लिन फिडमा गईसकेका छैनन्। 

स्टार नेटवर्क अन्तर्गतका च्यानलहरु बन्द हुँदा नेपालका खेलकुद प्रेमीहरुले दुबईमा जारी आइपिएल , इंगलिस प्रिमियर लिग तथा अन्य लिग अन्तर्गतका फुटबल तथा विश्वकप २०२२ का छनौट चरणका खेलहरु हेर्न बाट बन्चित भएका छन्। 

यद्दपी आज कात्तिक ११ देखि स्टार नेटवर्कका केहि समिति च्यानलहरु प्रशारण हुन् सक्ने र क्रिकेटप्रेमीहरुले आइपीएल हेर्न पाउने सेवा प्रदायक सँस्थाका अधिकारिहरुले बताएका छन्। 

तर कार्टुन नेटवर्क, पुगो र सीएनएन, वार्नर ब्रोदर नेटवर्क अन्तर्गतका च्यानलहरु अब नेपालमा प्रशारण नहुने भएका छन्। यी नेटवर्कका प्रतिनिधिहरुले नेपालका केबल तथा सेटलाइट अपरेटरहरुलाई आफ्ना प्रसारण बन्द गरेको सूचना पठाएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए।  

'यससँगै कात्तिक ८ गतेदेखि कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनल, पोगो र वार्नर ब्रदर्स नामका च्यानलको प्रसारण नेपालमा अनिश्चितकालका लागि बन्द भएको छ' आचार्यले भने।

सरकारले केहि लचकता अपनाएकाले मात्र क्लिन फिड लागू भएपनि अन्य नेटवर्कको च्यानलहरुको प्रशारण सम्भव भएको बताइएको छ। विज्ञापन ऐनले परिभाषित गरेअनुसार अहिलेसम्म जी नेटवर्कका च्यानलमात्र प्रशारण भईरहेको तर अन्य च्यानलहरु ऐनको बिपरित क्लिन फिड नभई फिड क्लिन गरेर प्रशारण भईरहेका छन्।  

सरकारले एक बर्षको अवधि दिएपनि च्यानल वितरक अर्थात सेवा प्रदायकहरुले तयारी नगरेकाले अहिले धेरै विदेशी च्यानल बन्द भएको आलोचना गरिएको छ। तर कात्तिक ७ गतेदेखि बिदेशी च्यानल बिज्ञापन बीना नै प्रशारण गर्नुपर्ने व्यवस्था गरिएपनि यसको मोडालिटी स्पष्ट नहुँदा धेरै विदेशी च्यानलहरु प्रशारण हुन नसकेको सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 


क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

क्लिन फिडका कारण अधिकांश च्यानलहरु बन्द भएपछि युट्युब विकल्प बनेको छ। कात्तिक ७ देखि क्लिन फिड कार्यन्वयनमा आएपछि बन्द भएका च्यानलमा आउने कार्यक्रमहरु नेपाली उपभोक्ताहरुले युट्युबमा हेरेर चित्त बुझाएका छन्। 

क्लिन फिड अर्थात बिज्ञापन रहित च्यानल प्रशारण गर्न नसकेपछि नेपालमा चर्चित नेटवर्क स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्स अन्तर्गतका च्यानलहरु बन्द भएका छन्। जस कारण यी नेटवर्क अन्तर्गतका च्यानलमा आउने कार्यक्रमहरु नेपाली उपभोक्ताले युट्युब मार्फत हेर्न बाध्य भएका छन्। 

भारत मात्र नभई विश्वका धेरै देशहरुमा लोकप्रिय रहेको कलर्समा प्रशारण भईरहेको कार्यक्रम बिग बोस सिजन १४, स्टार नेटवर्कमा प्रशारण भईरहेको दुबईमा जारी आइपीएल,  इंग्लिस प्रिमियर लिग र अन्य चर्चित लिगहरु युट्युब मार्फत नै हेरिरहेका छन्। यति मात्र नभई नेपाली बालबालिकाले हेर्दै आएका बिभिन्न कार्टुन आउने च्यानलहरु बन्द भएपछि बालबच्चाहरुले समेत युट्युबमा नै ती कार्यक्रम हेर्न थालेका छन्। 

सरकारले क्लिन फिड लागू गर्ने भनेपनि कुन मोडालिटीमा गर्ने भन्ने स्पष्ट पार्न नसक्दा अहिले यो समस्या आएको च्यानल वितरकहरुको भनाई छ। कसरी लागू गर्ने भन्ने स्पष्ट नपारी कार्यन्वयन गरिएकाले नेपालका च्यानल वितरक मात्र नभई बिदेशका ब्रोडकाष्टहरु समेत अन्यौलमा परेको देखिन्छ। 

डाउनलिंक गर्दा नै क्लिन फिड हुने कि नहुने, बक्स हालेर फिड क्लिन गरेर च्यानल देखाउन पाइने कि नपाइने, विदेशी च्यानलमा प्रशारण हुने कार्यक्रमका विचमा नेपाली विज्ञापन देखाउन पाइने कि नपाइने, क्लिन फिड लागू गर्न प्रयोग हुने प्रविधि कस्तो हुने जस्ता विषयमा सरकारसंग पटक  पटक जवाफ मागेपनि सरकारले यसको जवाफ कहिल्यै नदिएको च्यानलहरुको भनाई छ। 

बिज्ञापन रहित च्यानल प्रशारण गर्नुपर्ने तर कसरी गर्ने भन्ने स्पष्ट नभएकाले नेपालीहरुले यसअघि हेर्दै आएका च्यानलहरु हेर्नलाई अझैं महिना डेढ महिना कुर्नु पर्ने सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

कलर्स नेटवर्कका केहि च्यानलहरु यहि साता बिज्ञापन रहित प्रशारण गर्ने प्रयास भएको जानकारी गराउंदै पराजुलीले अन्य च्यानल आउँनलाई डेढ महिना जति लाग्ने बताए। 

आफुलाई मनपर्ने कार्यक्रम हेर्ने विकल्प जसरी युट्युब बन्न पुगेको छ, त्यसैगरि विदेशका विज्ञापनदाताले नेपालमा आफ्नो उत्पादनको प्रचार प्रसार तथा प्रवर्द्धन गर्नलाई युट्युब, फेसबुक लगायतका सोसियल मिडिया तथा इन्टरनेटमा आधारित अन्य विकल्प रोज्न सक्ने आशंका गरिएको छ। 

सरकारले २०७६ साल कात्तिक ७ गतेदेखि क्लिन फिड अर्थात बिदेशी च्यानलमा बिज्ञापन बजाउन नपाउने नियम लागू गरेपछि धेरै चर्चित च्यानल बन्द भएका छन्। विज्ञापन सहित विदेशी च्यानल देखाउँदा कारबाही भोग्नुपर्ने डरले सबै च्यानल वितरकले क्लिन फिड नभएका च्यानल बन्द गरेका छन्। 

तर विज्ञापन ऐनमा नै व्यवस्था भएको र एक बर्ष अगाडी नै कार्यन्वयनमा आएको विदेशी डब बिज्ञापन बजाउने नपाउने नियम कार्यन्वयन भएको छैन। हिमालय टेलिभिजनले अहिलेपनि विदेशी डब बिज्ञापन बजाएर बिज्ञापन ऐनको व्यवस्था बिपरित काम गरेको छ। 

त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा परिचित वर्ल्ड लिंकले संचालन गरेको नेटटिभी मार्फत प्रशारण भएका विदेशी टेलिभिजन च्यानलहरु अहिले पनि क्लिन फिड को सिद्दान्त बिपरित प्रशारण भईरहेका छन्। विदेशी च्यानलमा विज्ञापन बजाउन नपाइने कानुनी व्यवस्था विपरित नेटटिभी मार्फत प्रशारण भईरहेका विदेशी च्यानलहरुमा खुलेआम बिज्ञापन प्रशारण भैरहेका छन्।


क्लिन फिडको शास्तीस् बन्द च्यानल हेर्न महिना कुर्नुपर्ने, टिभी हेराई १०० प्रतिशतले महँगिँदै

क्लिन फिडका कारण बन्द विदेशी च्यानलहरु पूर्ण रुपमा संचालनमा आउँन महिना दिन लाग्ने भएको छ। कात्तिक ७ देखि पूर्ण रुपमा कार्यन्वयनमा आएपछि केहि बाहेक नेपालीहरुले हेर्दै आएका दर्जनौं च्यानलहरु बन्द भएका छन्। 

नेपाल सरकारले यहि कात्तिक ७ गतेदेखि बिदेशी च्यानल बिज्ञापन बीना नै प्रशारण गर्नुपर्ने व्यवस्था गरेपनि यसको मोडालिटी स्पष्ट पार्न नसकेकाले धेरै विदेशी च्यानलहरु विज्ञापन रहित अवस्थामा प्रशारण हुन नसकेको सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

उनकाअनुसार अहिले सोनी र जी नेटवर्क अन्तर्गतका ३१ वटा तथा कलर्स च्यानल मात्रै बिज्ञापन रहित प्रशारण भईरहेका छन्। तर नेपालका उपभोक्ताहरुले हेर्दै आएका स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, अन्तर्गतका दर्जनौं च्यानलहरु बिज्ञापन रहित रुपमा प्रशारण हुनलाई करिब महिनादिन लाग्ने छ। 

पराजुलीको भनाईलाई आधार मान्दा अझैं महिना दिन नेपाली उपभोक्ताहरुले आफुले रोजेका र चाहेका च्यानल तथा कार्यक्रमहरु टेलिभिजनमा हेर्न पाउने छैनन्। जसकारण नेपालीहरुले दुबईमा जारी आइपीएल, इङ्गलिस प्रिमियर तथा अन्य लिगहरुका फुटबल, विश्वकप २०२२ का क्वालीफाई खेल तथा बिभिन्न च्यानलहरुमा आइरहेका बिगबोस जस्ता रियालिटी शो हेर्न पाउनेछैनन।

टिभी हेराई केहि समयका लागि २५ प्रतिशत महँगो हुने भएपनि ७(८ महिनाको अन्तरालपछि शुल्क शतप्रतिशत महँगो हुने च्यानल वितरकहरुको भनाई छ। विज्ञापन बीना च्यानल प्रशारण गर्नुपर्ने भएकाले केहि समयपछि शुल्क शतप्रतिशत महँगो हुने सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 

उनकाअनुसार अहिले बिदेशी ब्रोडकाष्टिङहरुसँगको छलफलले अबका दिनका टिभी हेराई महँगो हुनेछ। नेपालका लागि छुट्टै र क्लिन फिड बनाउनुपर्ने भएकाले त्यसको लागत अन्तत उपभोक्तामा नै जोडिने भएकाले टिभी हेराई महँगो हुनेछ। 

नेपालमा चार दर्जन बढी नेपाली च्यानलहरु प्रशारण भईरहेपनि नेपाली उपभोक्ताको रोजाईका कार्यक्रम तथा विश्वका बिभिन्न देशमा भईरहेका बिभिन्न खेल तथा अन्य कार्यक्रम प्रशारण गर्न सकिरहेका छैनन्। जसले गर्दा नेपाली उपभोक्ताले नचाहेर पनि खेलकुद मनोरञ्जन तथा अन्य विषयसँग सम्बन्धित च्यानलहरु हेर्नलाई अहिले पनि भारत लगायतका देशका च्यानलमा भर पर्नुपर्ने बाध्यता छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved