टिभी हेराई महँगो हुँदै, २५ प्रतिशतसम्म मूल्य बढाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 11:15:24 AM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापन रहित (क्लिन फिड) भएपछि शुल्क बढाउने तयारी भएको छ । केवल सेवा प्रदायकहरुले पूर्णरुपमा विदेशी टेलिभिजन विज्ञापन रहित भएपछि शुल्क बढाउने तयारी थालेको जनाएका छन् । 

विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिनफिड दिँदा खर्च बढ्ने हुँदा टेलिभिजन हेरेबापतको शुल्क स्वतरुपमा बढ्ने डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष सुदीप आचार्य बताउँछन् ।

‘अहिले सबै विदेशी च्यानलले क्लिन फिड लागु गरिसकेका छैनन् । प्रशारण रोकिएका केहीले पुनः प्रशारण गरिसकेका छन् भने केहीले तयारी हुँदै गरेको जनाएका छन्’, उनले भने, ‘सबै रोकिएका च्यानलको प्रशारण सुरुभएपछि पहिलाको तुलनामा २५ प्रतिशतसम्म शुल्क बढ्नसक्छ ।’ सबै च्यानलले क्लिनफिड लागुगरेपछि शुल्क अवश्य नै बढ्ने उनी बताउँछन् ।

यता सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलका अधिकारीहरु भने क्लिनफिड कार्यान्वयनमा आएपनि शुल्क बढाउने विषयमा कुनै जानकारी नआएको बताउँछन् । मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडी केही टेलिभिजनले मात्र क्निलफिड लागु गरेको भन्दै शुल्कको विषयमा मन्त्रालयमा केही जानकारी नआएको बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved