आईस्पानको नयाँ कार्यसमिति सर्वसम्मत, के छन् अध्यक्ष पराजुलीका प्राथमिकता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 08:24:42 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)  को नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको छ। सुबिसु केबल नेटका सह-संस्थापक एवं अध्यक्ष सुधिर पराजुलीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको हो। 

इन्टरनेट सेवा प्रदायकका लागि अहिलेपनि इन्टरनेटमा महँगो कर र तार व्यवस्थापनको असहजता प्रमुख समस्याका रुपमा रहेकाले यसको समधान आफ्नो प्राथमिकतामा भएको पराजुलीले बताए।  आज भर्चुअल बैठक मार्फत ९ सदस्सीय नयाँ कार्यसमिति चयन भएको नवनियुक्त अध्यक्ष पराजुलीले बिजपाटीलाई बताए।

उनकाअनुसार नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रमेश खरेल रहेका छन् भने महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् । खरेलले क्लासिक टेक इन्टरनेट कम्पनी तथा श्रेष्ठले एइरो नेटको प्रतिनिधित्व गर्छन। 

त्यस्तै आइस्पानको नयाँ समितिमा टेकमाइन्डका कमलप्रसाद बास्तोला सचिव र इष्ट लिंकका पुष्कारसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन् ।

त्यस्तै सँस्थाको वरिष्ठ सल्लाहकारमा वर्ल्ड लिंकका विजय जलान, भियानेटका विनय बोहरा तथा सुविसुका विनयमोहन साउद साउद चयन भएका छन् भने सदस्यहरुमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved