एनसेलको नयाँ सेन्टर भैरवहामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 05:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटा Ncell Axiata  ले भैरहवामा नयाँ  एनसेल सेन्टर संचालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालनागर्दै यो सेन्टर संचालनमा ल्याईएको हो । 

भैरहवाको मिलनचोक ५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्दछ । यसैगरीे यस सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्न, सिमतथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिलतिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका सेवाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न डेटा प्याक उपहार पाउने जनाएको छ । उक्त सेन्टरबाट सिम कार्ड खरिद गर्दा १ जीबी डेटा निःशुल्क रुपमा पाइने छ । प्राप्त डेटा मबिहान ५ बजे देखि बेलुका ५ बजेसम्म ७ दिनसम्म मान्य रहने छ । साथै सेन्टरबाट २०० को ब्यालेन्स रिचार्ज गर्दा पनि ७ दिनको समय सिमारहेको १ जीबी डेटा निःशुल्क पाइने छ । 

त्यसैगरी ५ सय र १ हजार रुपैयाँको ब्यालेन्स रिचार्ज गर्दा ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाइने छ । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्यहुने १ जीबी डेटा पाउने कम्पनीले जनाएको छ ।  

एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved