टेलिकमको अफरमा परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 03:59:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company ले हाल उपलब्ध गराइरहेको अटम अफरमा केही परिमार्जन गरेको छ । सो अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याकलाई परिमार्जन गरेको हो । 

परिमार्जित अफर शुक्रबार राती १२ बजे पश्चात लागु हुने कम्पनीले जनाएको छ । कम्पनीले प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।  

इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved