मोबाइलमा फोरजी नचलेको गुनासो गर्ने ग्राहकलाई टेलिकमको यस्तो अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 03:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले फोरजी सेवा प्रयोगकर्ता ग्राहकहरुलाई नयाँ मोबाइल किन्नु अघि १८०० मेगाहर्ज र ८०० मेगाहर्ज व्याण्डका बारेमा जानकारी राख्न अनुरोध गरेको छ । टेलिकमले यी दुवै व्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट खरिद गर्न प्रयोगकर्तालाई अनुरोध गरेको हो । टेलिकमको फोरजी सेवाका बारेमा ग्राहकको गुनासो आउने गरेको भन्दै मोबाइल खरिद गर्दा फोरजी चल्ने दुबै व्याण्डका बारेमा बुझेर मात्र खरिद गर्न टेलिकमले आग्रह गरेको हो ।

‘मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्छ । यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटको कारणले पनि गुणस्तरमा फरक पर्ने हुनाले ग्राहकहरुमा फोरजी मोबाइल सेटको प्रयोगका सम्बन्धमा जानकारी लिनु आवश्यक देखिन्छ’, टेलिकमले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

हाल टेलिकमले १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज ९व्याण्ड २०० गरी दुई रुपमा फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । टेलिकमले जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको जनाएको छ । फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा व्याण्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

हाल बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज व्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज व्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण गर्न नसक्ने पाइएको कम्पनीले जनाएको छ । 

कम्पनीले मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन, मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अपसनभित्र गएर आवश्यक पर्ने जीवि छनौट गर्न समेत ग्राहकहरुलाई आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved