देशका प्रमुख शहरमा एनसेल मेला हुने, भदौ ३० बाट सुरु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 09:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । रि—ब्राण्डिङ्ग लगत्तै नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर एनसेलले नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानिय स्तरमा चिनाउन एनसेल मेला गर्न लागेको हो । 

एनसेलले भाद्र ३० गते नारायणघाट (नारायणी किनार), असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँ बजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाई स्कुल मैदान) मा मेला आयोजना गर्ने जनाएको छ।  र असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्प मैदान) मा आयोजना पश्चात मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने एनसेलले जनाएको छ । 

मेलाका विषेश आर्कषणमा चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुती, गेम स्टल, किडस् जोन र फुड स्टलहरु हुने छन। यस बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । 

मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन् । त्यसैगरी, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । 

मेलाका अन्य आकर्षणमा बालबालिका लगायत सबै उमेरका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिका लागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । 

ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताएका छन। 'विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ' उनले भने।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved