एनआरएन यूकेका अगुवाहरुले गरे सगुनमा लगानी, मोबाइल एप सार्वजनिक गर्ने तयारि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2017 | 01:04:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सोसियल इकमर्स प्लेटफर्म ‘सगुन’मा बेलायतमा रहेका गैर आवासिय नेपाली संघ (एनआरएन)का अगुवाहरुले लगानी गरेका छन् । सगुनमा शेयर लगानी गर्न पाउने अवसर खुल्ला भएको घोषणा गरिएको केहि समयपछि यूकेबाट एनआरएनका अगुवाहरुले लगानी गरेका हुन्। 

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल आचार्यले सगुनमा लगानी गरेका हुन्।

सगुनमा लगानी गरे पश्चात एनआरएन युकेका पुर्व अध्यक्ष गुरुङले जागरुक नेपालीले नेपालको समृद्धि र नेपाली पहिचानका लागि शुरु गरेको व्यवसायिक अभियानमा सहभागि हुनु आफ्नो लागि खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन। '‘नेटवर्किङ गर्ने कम्पनीहरुभन्दा अलग सगुन आइटी कम्पनी भएको तथा शेयर कारोवार हुने व्यवसाय भएकाले यसको भविष्य उज्वल देखेको छु’, गुरुङले भने, ‘बेलायतवासी अन्य नेपालीलाई पनि सगुनमा लगानी गर्न मेरो सुझाव छ ।’  

सगुनका सिइओ तथा संस्थापक गोविन्द गरि हुन्। गिरीले नै सन् २०१४ मा सगुनको  सोसियल इकमर्स प्लेटफर्मको शुरुवात गरेका हुन्। सगुनले रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर खरिदको अवसर खुल्ला गरेको थियो । बेलायतमा लगानीको अवसर अब केही समयका लागि मात्र खुल्ला गर्ने सगुनले तयारि गरेको छ।

यो दोस्रो चरणमा सगुनमा न्यूनतम एकहजार डलर लगानी गर्न सकिन्छ। लगानी गर्दा पहिलो पटक क्रेडिट वा डेबिट कार्डबाट पनि लगानी गर्न सकिने व्यवस्था समेत सगुनले मिलाएको छ । लगानी गर्न चाहनेले सगनुको इन्भेष्ट पेज  https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।

सगुनले चांडै नै सार्वजनिक गर्ने तयारीमा रहेको मोवाइल एपको झलक सेप्टेम्बर १६ मा सार्बजनिक गरिसकेको छ। भारतबाट सार्वजनिक हुने एपको अन्तिम तयारी भइरहेको कम्पनीले जनाएको छ। 

एपको सार्वजनिक हुनु अघी सगुनका सिइओ तथा संस्थापक गिरीले भारतमा विभिन्न उच्च राजनीतिक व्यक्तित्वहरु, वरिष्ठ सरकारी अधिकारीहरु तथा व्यवसायीसंग छलफल गरि सगुन प्रवर्धनमा समर्थन जुटाएका थिए ।

तस्विर:मिलन तमु 

सगुनको मोवाइल एपको झलक सार्बजनिक, चाँडै फूल भर्सन आउने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved