नेपाल आइपुगे चन्द्रमामा पाइला टेकेका बज एड्रिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2016 | 10:59:15 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन नेपाल आईपुगेका छन्। सोमबार राती उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनी पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए।

सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उनी नेपाल आएका हुन्।  एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउने छन् भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्ने दाबी गरिएको छ। 

एड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्रिर्यामा आफ्ना अनुभव राख्नेछन् । नेपालमा रहँदा उनले लुम्बिनी भ्रमण गरी माउन्टेन फ्लाइटबाट नेपालका हिमालयलय दृश्य पनि अवलोकन गर्ने बताईएको छ । यस अघि साइन्स सेन्टरले चन्द्रमाको पत्थर ल्याएर प्रदर्शनीमा राखेको थियो । 

सन् १९९६मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा एड्रिन समेतको नासाको टोली चन्द्रमामा पुगेको थियो । टोलीमा  माइकल कोलिन पनि थिए । तीन यात्रीमध्ये निल आर्मस्ट्रङको निधन भइसकेको छ भने एड्रिन र माइकल जीवित छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved