सगुनको एप्सबाट मोबाइलको ब्याट्री रिचार्ज होला त ? भिडियो सहित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 01:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मानिसहरुको कल्पना भन्दा पनि बाहिरको एप्स मार्फत मोवाईलको ब्याट्री रिचार्ज गर्ने 'महत्त्वाकांक्षी' योजना सगुनको सार्वजनिक भएसगै बिश्व समुदायमा सम्भव होला त भनेर तरंग नै फैलिएको छ। एक नेपालीले सुरु गरेको सामाजिक सञ्जाल सगुनले बिश्व सूचना प्रविधीको क्षेत्रमा बलियो उपस्थिति देखाउदै गएको छ । जुन सम्पूर्ण नेपालीको लागि गौरबको बिषय समेत हो ।

सुन्दा पनि अचम्म लाग्ने बिना चार्जर मोवाइलको ब्याट्री चार्ज गर्न सकिने प्रबिधी ल्याउने योजना सार्वजनिक गरेसगै कतिपयले भने सम्भव होला त भन्दै शंका ब्यक्त गरेका छन । 

अमेरिकाको पेन्टागनमा १२ बर्ष सिस्टम इन्जिनियरिङमा बिताएका संखुवासभा आँखिभुँइका सगुनका संस्थापक गोविन्द गिरीले यो योजना जसै सार्वजनिक गरे । यस योजनालाई केही व्यक्तिले शंकाको दृष्टिले हेर्दै चर्चामा आउन हल्ला गरेको आरोप समेत लगाए ।  तर सगुनले भने इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) संगको सहकार्यमा सगुनको एप्स मार्फत मोवाइल रिचार्ज गर्न सकिने प्रबिधिको अध्ययन अनुसन्धान लामो समय देखि गर्दै आएको बताएको छ ।

के साच्चिकै सगुनले एप्सबाट मोबाइलको ब्याट्री रिचार्ज गर्ने प्रविधि ल्याउला त ?

जसरी आर्थिक समृद्धिको 'सपना' देखेर नेपाल अघि बढेको छ, त्यसै गरी एक अलग काम गरी सगुनले बिश्व प्रविधिको बजारमा आफ्नो बलियो उपस्थिति देतखाउदै गएको सगुन सहसंस्थापक स्वाती दयालको दाबी छ।

सगुनको दिल्ली स्थित कार्यालय मार्फत 'एप्सबाट मोबाइलको ब्याट्री रिचार्ज गर्ने प्रविधी' सम्बन्धमा जानकारी दिंदै सगुन सहसंस्थापक स्वाती दयाल भन्छिन, 'भारतको नयाँ दिल्ली स्थित इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) संगको सहकार्यमा सगुनले मोबाइलको ब्याट्री रिचार्ज गर्ने प्रविधिलाई अध्ययन र अनुसन्धान गर्दै आएको  छ' उनले भनिन, 'आइआइटीले सगुनलाई आधिकारिकता मात्रै दिएन सहकार्य गरेर अगाडि बढ्ने पाँच बर्षे कार्ययोजनामा हस्ताक्षर पनि गरेको छ । सगुनको ब्याट्री रिचार्ज प्रोजेक्टमा आइआइटीका प्रोफेसरहरु खटिरहेका छन् । एप्स मार्फत मोवाइल रिचार्ज हुन सक्ने प्रबिधिमा हामीहरुले संभावना देखेका छौ र खटिरहेका छौ।' 

आफुहरुले आईआइटीसंग गर्न लागेको कयौ योजनामा ब्याट्री रिचार्ज पहिलो भएको दयालको भनाई छ। उनि अगाडी भन्छिन, 'सुरुमा यो आइडियाको बारेमा कुरा गर्दा मानिसहरु यसलाई असम्भब भन्छन तर हामीले यही असम्भवलाई सम्भव बनाउन खटिरहेका छौ ।'

यदि हाम्रो स्मार्टफोनमा सगुन एप्लिकेशन छ भने हामीले आफ्नो स्मार्टफोन एक पटक चार्जगरेपछि सगुन एप्लिकेशन चलाउँदा यसले हाम्रो फोनको ब्याट्री रिचार्ज गरिरहन्छ। हामीले चार्जर जोडेर चार्ज गर्नुपर्दैन। 

ब्याट्री रिचार्ज गर्ने प्रबिधी सगुनको एउटा बिशेष योजना हो । सगुनले अहिले ल्याउन लागेको एप्स र ब्याट्री रिचार्ज एप्स अलग अलग योजना हुन । यी दुवै योजनामा  सगुनका अलग अलग टिमले काम गर्दैछन । भविष्यमा कुनै दिन सगुन एप्स भित्र ब्याट्री रिचार्ज गर्ने प्रबिधी समेत जोडिने बताइएको छ । सगुनका अन्य योजनाहरु समेत अगाडि बढिरहेका छन् । बहुप्रतिक्षित सोसिएल स्मार्ट कार्डको समेत काम अगाडि बढेको बताइएको छ । 

'ब्याट्री रिचार्ज' एप्स निर्माणमा सगुन र आईआइटी जुटेका छन। आईआईटिका प्रोफेसर तथा प्रमुख अधिकारी ड़ा निलादी चटर्जी भन्छन, हामीले ब्याट्री रिचार्ज प्रोजेक्टका लागि फिटसंग समन्वय गरेको छु, फिट हाम्रो व्यवसायिक प्रतिष्ठानको प्राविधिक सहकार्य सम्बन्धी काम गर्ने संस्था हो। सगुनसंगको सम्झौता अनुसार म आईआईटीको तर्फबाट प्रिन्सिपल इन्भेष्टिगेटर हुनेछ। जहाँ मैले ब्याट्री रिचार्जको प्रोजेक्ट हेर्नेछु।

सगुन एप्सको काम कहाँ पुग्यो ?

सगुनद्वारा 'ब्याट्री रिचार्ज' को प्रोजेक्ट जुन रफ्तारमा अघि बढेको छ। त्यसै गरी सगुनले आगामी दिनमा ल्याउन लागेको एप्सको समेत काम तिब्र रुपमा अघि बढेको सगुनका संस्थापक अध्यक्ष गोबिन्द गिरिले बताए ।  

'सगुन एप्सको धेरै काम सकिइसकेको छ, कन्सेप्ट अनुसार नै काम भईरहेको छ' संस्थापक गिरिले भने, 'टेस्टीङको फेजमा छौं, धेरै चाँडो यो एप्स सार्वजनिक हुँदैछ।' 

पुर्व घोषित फिचरहरुको काम अन्तिम चरणमा पुगेको छ। सगुनले १७ वटा फिचरहरु ल्याउने तयारि गरेको छ। जसमा सर्वाधिक मन पराइएको माई डे, सेक्रेट मेसेज, मुड टक लगायतका फिचरहरु रहेका छन। स्मार्ट कार्डको लागि समेत काम अगाडि बढाई रहेको छ ।

'सबै फिचर समेटेर एउटा एप्स बनिरहेको छ, अरु सामाजिक संजालसग प्रतिस्पर्धामा उत्रिने हामीलाई बिश्वास छ ।  सबैले यो एप्स मन पराउनेमा हामीलाई पूर्ण बिश्वास छ।' यो एप्सलाई राम्रो बनाउन हाम्रो टिमले रातदिन खटिरहेको गिरीले बताए ।

 

सगुनमा लगानीको अवसर क्रेडिट/डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने

सामाजिक संजाल सगुनमा सेयर खरिद गरी लगानी गरेर लाभ लिन सक्ने अवसर केही समयको लागि दिएको छ ।  यसै सन्दर्भमा सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निष्काशनको औपचारीक घोषणा गरेको छ । अमेरिकन कम्पनीमा लगानी गर्न योग्य जुनसुकै देशहरुबाट वायर ट्रान्फर, क्रेडिट/डेविट कार्डबाट समेत लगानी गर्न सकिने छ । जसको लागि सगुनको इन्भेन्ट पेजमा गएर फर्म भरेर कम्तिमा एक हजार डलर लगानी गर्न सकिने छ ।

सगुनका संस्थापक गिरीले क्रेडिट/ डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए। शेयर खरिदको लागि सहज बनाउन यो पटक नयाँ व्यवस्था समेत मिलाएको सगुनले जनाएको छ। 

यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतिमा  क्रेडिट/ डेविट कार्ड मार्फत  लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिट/ डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न  अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी भएको दावी गरिएको छ ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताए । उनले भने, ' क्रेडिट/ डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।'

क्रेडिट/ डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई समेत दिएका छन्। बैंकिङ ट्रान्सफरका लागि कम्प्युटरसेयर इन्क तथा ब्याक इन्टको लागि फन्ड अमेरिका तथा इस्को सर्भिसको लागि पाइम ट्रष्टसग सहकार्य गरेको छ । 

संस्थापक गिरीले बेलायत लगायत बिश्व भर रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गरे । सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ। यस शेयर निस्कासनको पहिलो चरणमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि भएको कम्पनीले जनाएको छ । 

सगुनको यस चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । शेयर बिक्री कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु रहेको वेबसाइट www.sagoon.com/invest बाट सञ्चालन गरिने सगुनले बताएको छ। दोस्रो चरणको लगानी अवसर आगामी नोभेम्वर ३० सम्म मात्र रहने छ।

नेपालीभित्रबाट सगुनमा लगानी गर्न भने कानुनले बन्चित गरेको छ । तर बिदेशमा बस्ने योग्य लगानीकर्ताले भने लगानीको अवसर पाउने बताइएको छ । सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना सगुनको रहेको छ । सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरी लगानीको योजना सार्वजनिक गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved