'क्यान क्मटेक' आजबाट सुरु, पहिलो दिन ३९ हजार अवलोकनकर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 05:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको सूचना प्रबिधि सम्बन्धि मेला “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ  ।  प्रदर्शनीको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले उद्घाटन गरेका हुन् । 


    
कार्यक्रम उद्घाटन गर्दै  मन्त्री कार्कीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेल्दै आएको भूमिकाको प्रशंसा र प्रदर्शनी सफलताको शुभकामना व्यक्त गरे । उनलेले ईन्फरमेशन टेक्नोलोजीलाई रोजगारीका दृष्टिकोणले मात्रै नहेरी व्यवहारगत दृष्टिकोणले पालना गर्नुपर्ने बताए । नेपाली भाषाको जगेर्ना र प्रवद्र्धनका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने वताउदै मन्त्री कार्कीले ईन्टरनेटको विस्तारसँगै दुरुपयोग पनि रोक्नुपर्ने धारणा राखे । 

 सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कमटेक प्रदर्शनीमा विशेषगरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु उल्लेखय सहभागिता रहेको आयोजकले जनाएको छ । 

 आज पहिलो दिन नै मेलाको ३९ हजार १६७ जनाले  अवलोकन गरेको क्यानका महासचिव बिश्वराम बलामीले जानकारी दिएका छन् । यस पटकको प्रदशनीमा १,५०,००० अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए । प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।

के के छन् विशेषता ?

कमटेकमा शिर्ष प्रायोजक सुबिसुले क्लियर टिभि तथा ईन्टरनेट सेवामा विशेष आकर्षक योजना ल्याएको छ । यसै गरि एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि J-Series का फोनहरु सार्वजनिक गरेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर वेभसर्फरले उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रस्तुत गरेको छ । 

कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०÷– मा रु. ५०÷– कै ब्यालेन्स भएको जि. एस. एम. प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ । त्यस्तैगरी मेलामा सहभागि अन्य कम्पनीहरुले पनि विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । कमटेकको गोल्ड स्पोन्सर– जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु– नेटिस र स्टार अफिस ईन्टरनेशनले पनि नयाँ उत्पादनहरु विशेष सहुलियतमा उपलब्ध गराएको छ । 

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् । 

कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५÷– तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरीने छ । 

यस प्रदर्शनीको आकर्षणको रुपमा सुचना तथा संचार प्रविधिमा आधारीत Electronic Security तथा Safety and Solution  का अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध छन जसका लागि छुट्टै पेभिलियन को व्यवस्था गरिएको छ । जसबाट अवलोकनकर्ता र सहभागि कम्पनीहरुले सहजता महशुस गर्ने छन् भन्ने कुरामा हामी आशावादी छौ । यसै गरि केहि सूचना तथा संचार प्रविधि सम्बन्धित क्तबचत गउ कम्पनीहरुको लागि  निशुल्क स्टलको ब्यवस्था गरिएको छ । 

“सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी एस.एम.एस.बाट पनि प्राप्त गर्न सकिने छ । यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ३५००१ मा पठाउनु पर्नेछ । त्यसैगरि प्रदर्शनीको अवधिभर लक्की ड्रको समेत व्यवस्था गरिएको छ । यसका लागि CAN 35001  मा एसएमएस गरि पठाउनुपर्नेछ । 

प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ । साथै सनराइज बैंक लिमिटेडकोे एटिएम सुबिधा समेत प्रदर्शनी स्थलमा रहेकोले अवलोकन कर्ताहरुलाई पैसा बोक्ने झन्झट कम हुनेछ ।  

यो पनि : 'कमटेक'मा जे देख्नु हुन्छ त्यो नयाँ हुन्छ, हरेकमा अफर हुन्छ'-बिश्वराम बलामी (महासचिव, क्यान महासंघ)  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved