लाजिम्पाटमा वर्ल्ड लिंकको नयाँ सेवा केन्द्र संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 06:03:30 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्ड लिंक कम्युनेशनले राजधानीको लाजिम्पाटमा नयाँ सेवा केन्द्र संचालनमा ल्याएको छ। कम्पनीका प्रबन्ध निर्देशक दीलिप अग्रवालले ग्राहकको सुविधालाई ध्यानमा राखेर संचालनमा ल्याइएको उक्त नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन। 

सो अवसरमा कम्पनीका प्रबन्धक निर्देशक अग्रवालले नयाँ सेवा केन्द्रबाट ग्राहकले इन्टरनेट जडान, विल भुक्तानी, इन्टर्नेट सम्बन्धी समस्याको समाधान लगायतका सम्पूर्ण सुविधा पाउने बताए। 

वल्र्डलिंकले ब्रोडब्यान्ड इन्टरनेट, इन्टरनेट प्रोटोकल टिभी, ब्यवसायीक ग्राहकका लागि डाटा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले राजधानी लगायत देशका अधिकांश शहरहरुमा सेवा विस्तार गरिसकेको प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए । कम्पनीले हाल ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved