सगुनमा लगानीको लागि केही घण्टा बाँकी हुदाँ संसारभरबाट लगानीकर्ताको चासो (भिडियो )

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 28, 2017 | 08:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीले बिकास गरेको सामाजिक सञ्जाल सगुनले मिनी आइपीओ जारी गरेपछि अष्ट्रेलियामा बस्ने नेपाली समेत लगानी गर्न उत्साहित देखिएका छन् । अमेरिकामा बस्ने नेपालीले स्थापना गरेको सामाजिक बिजनेस साइट सगुनले मिनी आइपिओ निस्कासन गरेर संसारभरबाट लगानी जुटाउँदै छ । 

लगानी गर्न केही घण्टा बाकी रहदाँ लगानीकर्ताहरुले बिश्वभरबाट लगानी गर्न चासो देखाएका छन् । यसरी चासो देखाउनेहरुमा बिदेशमा बस्ने नेपालीहरु बढी मात्रमा रहेका छन् ।  फेसबुकको जस्तै सम्भावना बोकेको सोसियल कमर्स साइट सगुन डटकममा लगानीको अपूर्व अबसर आएको उनीहरुको भनाइ छ । सगुनमा लगानी गर्दा भोलिका दिनमा राम्रै प्रतिफल प्राप्त हुने एनआरएन अष्ट्रेलियाका डा. जगदीस तिमल्सिनाले बताए।  

अमेरिकामा बसेर आइटीमा केही नयाँ प्रयोग गर्न सक्रिय रहेका गोबिन्द गिरी, कविन्द्र सिटौलासहितको टोलीले विकास गरेको स्टार्ट अप चरणमा रहेको सगुनमा विश्वभरबाट लगानी आइरहेको छ । 

नोभेम्बर ३० तारिक अर्थात अव केही घण्टा मात्र बाकी रहदाँ इन्भेष्ट पेजमा भएको लाइभ च्याटमा कसरी लगानी गर्न सकिन्छ भनेर बिश्वभरबाट लगानीकर्ताले चासोका साथ सोधिरहेका छन । सगुनले अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (एसइसी) ले स्वीकृत दिएपछि सेयर निस्कासन गरेको हो ।

एनआरएनकै भिमसेन सापकोटा फेसबुकले मार्क जुकरबर्गलाई बनाएजस्तै सगुनले यसका लगानीकर्तालाई प्रतिफल दिनसक्ने बताए। ‘नेपालीहरु बीच एकाकार हुने माध्यम सगुन बन्न सक्छ, उनले भने, सगुन भोली विश्वस्तरकै परियोजना बन्न सक्छ ।

सगुनले मिनी आइपिओबाट २ अर्ब रुपैयाँ बराबर जुटाउने छ । नेपालबाहेक संसारभर रहेका लगानीकर्ताले सगुनमा लगानी गर्न सक्छन् । संस्थापक नेपाली भएकाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न प्रोत्साहन गरिरेहको कम्पनीको भनाई छ। अष्ट्रेलियामा बस्दै आएका नेपाली संजिवकुमार शर्मा पनि सगुनको भविष्य राम्रो रहेको बताए। सबैको साथ पाए सगुनले प्रगति गर्ने उनको बिश्वास छ।  

सगुनमा लगानी गर्न चाहने हरेक ब्यक्तिले कम्तिमा १ हजार डलरको सेयर किन्न सक्छन् । सगुनले सेयरमा अनलाइनबाट आवेदन गर्न पाउने ब्यवस्था गरेको छ । पहिलो पटक ग्लोबल मार्केटको सेयरमा डेविट÷क्रेडिट कार्डबाटै लगानी गर्न सक्ने ब्यवस्था मिलाएको छ । 

सगुनमा सगुन www.sagoon.com/invest मा गएर लगानीका लागि आवेदन गर्न सकिन्छ । नेपालबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने नेपालीहरु जोसग बैक खाता छ, उनीहरुले फर्म भरिसकेपछि वायर ट्रान्फर गरेर वा डेविट÷क्रेडिट कार्डबाट समेत लगानी गर्न सक्नेछन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved