सगुनको मिनी आइपीओमा आबेदन दिन अब केहि घण्टा बाँकी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 08:21:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सगुनको मिनी आइपीओको आबेदन अब केहि घण्टाको लागि खुला छ। अमेरिकाको जबस एक्ट कानुन अन्तर्गत स्वीकृति लिएर मिनी आइपीओ बिक्रि गरिरहेको सगुनको आईपीओमा नोबेम्वर ३० तारिकको बेलुका १२ बजे अमेरिकी समयसम्म आबेदन दिन मिल्ने कम्पनीले जनाएको छ। 

सगुनको आइपिओमा प्रतिकित्ता २३ रुपैयाँ दरका कम्तीमा १ हजार डलर लगानी गरेर सेयर किन्न सकिन्छ। कुनै दिन फेसबुक जस्ता सामाजिक संजालले खुला गरेको आइपीओमा आबेदन दिनेहरु अहिले सम्पतिवाला भएका छन। 

सगुनमा गरिने लगानी जोखिममा हुँदा आगामी दिनमा आफ्नो आर्थिक अवस्थालाई खासै प्रभाब नपर्नेहरुका लागि सगुनको शेयरमा लागनी सुनौलो अवसर हो। फेसबुक जस्तै गरि राम्रो गर्न सकेमा सगुनमा गरिने आजको लगानीले पक्कै पनि भोलिका दिन प्रतिफल राम्रै हुने अपेक्षा गर्न सकिन्छ।

नेपालको कानुनि प्राबधानका कारण नेपालबाटै सगुनको मिनी आइपीओमा आबेदन नमिल्ने सगुनले जनाउदै आएको छ। विदेशमा रहेका नेपालीहरुले सहजै आबेदन दिई सगुनको शेयर खरिद गरि सगुनमा लगानी गर्न सक्नेछन। 

सगुनले सेयरमा अनलाइनबाट आवेदन गर्न पाउने ब्यवस्था गरेको छ । पहिलो पटक ग्लोबल मार्केटको सेयरमा डेविट÷क्रेडिट कार्डबाटै लगानी गर्न सक्ने ब्यवस्था मिलाएको छ । 

सगुनले ल्याएको मिनी आइपिओमा नेपालबाहेक विश्वभरबाट लगानी गर्न सकिन्छ । सगुन डटकम÷इन्भेस्ट मा गएर बैकबाट वायर गरेर वा क्रेडिट÷डेविट कार्डमार्फत सगुनमा लगानी गर्न सकिन्छ । सगुनमा सगुन www.sagoon.com/invest मा गएर लगानीका लागि आवेदन गर्न सकिन्छ ।

नेपाली इन्जिनियरले विकास गरेको सगुनले अमेरिकाको सेयर बजारको नियामक निकाय सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन (एसइसी) बाट मिनी आइपिओ निस्कासन गर्ने अनुमति पाएको हो । 

सगुनले फेसबुक, ट्वीटर, स्न्यापच्याटलगायतका विशेषता भएको एउटै प्लेटफर्मको परिल्पना गरेको छ । त्यसबाहेक बिजनेस नेटवर्किङ प्लेटफर्मका रुपमा यसले प्रयोगकर्तालाई आफ्नो आम्दानीको हिस्सा बाँड्ने योजना समेत अगाडि सारेको छ । अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरजस्तै बन्न सक्ने सम्भावन बोकेको सगुनमा थोरै रकम बचाउनेहरुका लागि पहिलो पल्ट लगानीको यस्तो अबसर आएको हो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved