सकियो क्यान कमटेक, यसै वर्ष सफ्टटेक समिट हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2016 | 05:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 भदौ २३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” प्रदर्शनी  सम्पन्न भएको छ । ४ दिन चलेको प्रदर्शनीको एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएकोमा  एक लाख ७० हजार ७ सय ७६ जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

कम्युनिकेशन टेक्नोलोजीलाई बिशेष प्राथमिकता राखेर कम्प्युटर एसोसियन महासंघले आयोजना गरेको मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्ट्रोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय ओटा स्टल रहेका थिए ।


कमटेक प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधिहरु भित्रिएको महासचिव बिश्वराम बलामीले जानकारी दिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले कमटेकमार्फत नेपाली बजारमा आइपी टिभीहरु सार्वजनिक गरेका छन भने स्मार्टफोन, ल्यापटप, ट्याबलेट, एन्टिभाइरस र इन्टरनेट सेक्यूरिटी, प्रोजेक्टर, भिक्लाउड प्वाइन्ट, क्यामेरा, पीबीएक्स सिष्टम, वायरलेस हाइ पावर युएसवी, एडप्टर तथा राउटर, युपिएस, जीपीएस भेहिकल ट्रयाकिङ सिष्टम, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लगायतका नयाँ नयाँ भर्सनहरु नेपाली बजारमा प्रवेश गरेको उनले बताए । यी उत्पादनहरु कमटेक मेलामा विशेष सहुलियतमा उपलब्ध गराएका थिए ।  
 
 महासंघले हरेक बर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक र क्यान सफ्टटेकलाई परिमार्जन गरेर यस वर्ष सफ्टटेक समिटको आयोजना गर्न महासंघले जनाएको छ। साथै  महासघले  कैलाली र मकवानपुरमा क्यान इन्फोटेक गर्ने भएको छ । इन्फोटेक कैलालीमा     असोज १४ देखि १८ गतेसम्म र मकवानपुरमा असोज १० देखि १९ गतेसम्म हुने महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved