निहुरिएर मोबाइल चलाउने बानि छ ? सावधान !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2016 | 04:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आजकल मोबाइल फोनको यति बढ्दो रुपमा छ कि हामी जुन सुकै बेला पनि मोबाइल प्रयोग गर्छौ  । बिहान उठेदेखि बेलुका ओछ्यानमा गएसम्म, हिड्दा होस् या शौचालय प्रयोग गर्दा, हामी मोबाइल चलाई रहेका हुन्छौ  । 

तर यसरी जुनसुकै बेला मोबाइल चलाउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ  । धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा एक–अर्कासँग ठोकिने, आफुले गरी रहेको काम बिर्सने मात्र होईन घाँटी र गर्दनमा नकारात्मक असर पुर्याउने वैज्ञानिकहरुले बताउछन् ।

निहुरिएर मोबाइल चलाउँदा घाँटी र गर्दनमा धेरै भार पर्छ ।  र्जिकल टेक्नोलोजी इन्टरनेसनलमा प्रकाशित एक जर्नलका अनुसार हामीले मोबाइलमा निहुरेर चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबर तौलको असर परिरहेको छ । निहुरेर मोबाइल चलाइराख्नु भनेको हाम्रो घाँटीमा २७ केजी तौल राखेर झुण्डाइरहनु बराबर रहेको वैज्ञानिकहरु बताउँछन् ।

यस विषयमा अध्धयन गरेका मेरुदण्ड र हाडका सर्जन डाक्टर केनेथ हन्सराज भन्छन्, ‘अहिले स्मार्टफोनका कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गरेका छन् । यसले उनीहरुको घाँटी र ढाडमा समस्या देखिने गरेका छन् ।’ ‘जता गयो त्यहीँ मानिसहरु निहुरेर मोबाइल चलाइरहेका हुन्छन् । विशेष गरेर यो बानी ‘महामारी’ जस्तै युवाहरुमा देखिएको छ,’ उनी भन्छन् ।

हामीले मोबाइल फोन चलाउँदा बनाउने घाँटीको कोणले त्यस भागमा अतिरिक्त भार पर्ने उनी बताउँछन् । हाम्रो टाउकोको औसत तौल ५ केजी रहे पनि मोबाइल चलाउँदा बनाइने ६० डिग्रीको कोणले २२ केजी थप भार थप्ने उनले बताए ।‘यसरी हाम्रो गर्दनमा अतिरिक्त भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने र अन्त्यमा अपरेसनसम्म गर्नुपर्ने स्थिति आउन सक्छन्,’ हन्सराज भन्छन् ।

यसबाट बच्नका लागि  सजिलो उपाय पनि छ ।  त्यस्तै समय समयमा आफ्नो कुमले कान छुने व्यायाम वा टाउकालाई हातले ठेल्ने र गर्दनलाई ढाड भएकोतिर लाने व्यायाम गर्न उनी सुझाव दिन्छन् ।साथै मोबाइल चलाउँदा निहुरिनु नपर्ने गरी कै आँखा लेभलमा ल्याएर चलाउनु पनि उत्तम हुन्छ   । एजेन्सी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved