आइफोनका पुराना मोडल ‘स्लो’ भएकोप्रति एप्पलको माफी, कम्पनी प्रमुखलाई सुरक्षा चुनौती

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 30, 2017 | 09:07:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलले पुराना मोडलका आइफोन ‘स्लो’ हुन गएको भन्दै माफी मागेको छ। पुराना आइफोन मोडल प्रयोगकर्ताले फोन पहिलेको भन्दा स्लो भएको भन्दै गुनोसो गरेपछि कम्पनीले त्यसप्रति माफी मागेको हो।

नयाँ आइफोन किन्न बाध्य पार्न उदेश्यले कम्पनीले पुराना मोडलका आइफोन स्लो गराएको आरोप खेप्दै आएको छ। तर एप्पलले भने केही मोडलमा ब्याट्रीको आयु टिकाउन सो कदम चालिएको भएता पनि नयाँ फोन किन्न बाध्य बनाउने उद्देश्यले स्लो नगरिएको दाबी गरेको छ।

प्रयोगकर्ताको फोन योजना बनाएर नै स्लो बनाएको भन्दै एप्पलका विरुद्धमा अमेरिका, इजरायल र फ्रान्समा मुद्धा परेको छ।त्यस्तै सुरक्षाका कारण देखाउँदै कम्पनीले आफ्ना प्रमूख टम कुकलाई यात्रा गर्दा निजी विमानको प्रयोग गर्न सुचित गरेको छ।  

कम्पनीले ब्याट्रीको वारेन्टी सकिसकेका आइफोन वा त्यसपछि आएका अन्य कुनै पनि सेट प्रयोगकर्ताका लागि २९ अमेरिकी डलरमै नयाँ ब्याट्री साट्न मिल्ने व्यवस्था गरिने बताएको छ। हाल आइफोनको नयाँ ब्याट्रीको मूल्य ७९ डलर पर्छ। 

त्यसका साथै कम्पनीले प्रयोगकर्तालाई फोनको ब्याट्रीको अवस्थाका बारेमा जानकारी दिन नयाँ सफ्टवेयर आगामी वर्ष ल्याइने प्रतिवद्धता जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved