सगुनको मोवाइल एप दिल्लीबाट सार्बजनिक, यस्ता छन् विशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2018 | 02:23:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक गरिन् ।

अर्की टीभी स्टार मंदिरा बेदीले संचालन गरेको कार्यक्रममा एप सार्बजनिक गरेपछि अभिनेतृ श्रद्धाले सगुनको मोवाइल एप आफूले पनि डाउनलोड गरेको बताउँदै आफू यस एपबाट निकै प्रभावित भएको बताइन् ।  सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साँच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको उनको भनाइ थियो । ‘सगुनको एप निकै चाखलाग्दो छ, उनले भनिन्, तपाईंका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ । मलाई मेरो फिल्मी करियरमा समेत यसले सघाउने अपेक्षा छ । आफ्नो क्यालेन्डर ब्यवस्थित गर्न, गोप्य सामग्री साथीहरुलाई पठाउन यो निकै उपयोगी छ । 

बलिउड अभिनेतृ श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रस्न गरिन् । ‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ, गोविन्दले भने, ध्यान गर्दा मलाई सबै आइडिया आएको हो । गोविन्दको जवाफ सुनेर उनी केही बेर चकित भइन् । गोविन्दबाट प्रभावित भएकी श्रद्धाले भनिन्, ‘म पनि अब ध्यान गर्छु । 

कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । सगुनको एप लंचिग कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौला तथा बेलायत, अष्टेलिया, कोरिया, अमेरिका, क्यानाडा, नेपाललगायत मुलुकबाट प्रतिनिधि दिल्ली आएका थिए । 

कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र आफू बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । ‘तपाईंहरुले सगुनको एप डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अबसर बढ्ने छ, उनले भने, ‘विश्वब्यापी रुपमा यसको प्रयोगकर्ता बढेभने नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ । 

सगुनका सहसंस्थापक कविन सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल लंचिगमा गर्ने जस्तै भब्य समारोह गरेर एप सार्बजनिक गरिएको बताए । उनले भने ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लंचिग गरेका छौं । 

वेव प्लेटफर्ममा रहेको सुगुनले स्मार्ट फोन प्रयोगकर्तालाई लक्षित गरेर एन्डोइड एप सार्बजनिक गरेको हो । सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि यसको प्रतीक्षा गरेका थिए ।  यस एपले प्रयोगकर्ताको गोपनियतालाई सुनिश्चित गरेको छ । सगुन एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।

मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।  यसको अर्को विशेषता आङ्खनो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ । 

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ । 

अल इन वन एप जस्तै रहको सगुनमा ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर समाहित छन् । यसलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । सगुनले आइफोन प्रयोगकर्ताहरुका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्बजनिक गरिने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved