युट्युबमा भिडियो हालेर पैसा कमाउनेको लागि आयो कडा नियम, अहिलेका च्यानलले अब के गर्नुपर्छ ?

कैयौ नेपाली च्यानलहरु पनि प्रभावित हुने
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 11:12:30 AM मा प्रकाशित

laxmi  sunrise bank

युट्युबमा भिडियो हालेर त्यसलाई मोनिटाइज  गरेर पैसा कमाउनेहरुका लागि गुगलले ठुलो झड्का दिएको छ ।  गुगलले आजबाट युट्युब पार्टनर प्रोग्राममा केहि कडा नियम ल्याएको छ ।

नयाँ नियम अनुसार अब युट्युबमा भिडियो हालेर त्यसलाई मोनिटाइज गर्नको लागि थप मेहनत गर्नु पर्ने भएको छ।  गुगल केहि थ्रेसहोल्ड कायम गर्दै नयाँ नियम सार्बजनिक गरेको हो ।

नयाँ नियम अनुसार अब कुनै पनि युट्युब च्यानलमा १ हजार सब्सक्राईबर्स नभई उक्त च्यानल मोनिटाइज गर्न योग्य हुदैन अर्थात् त्यसमा एड आउदैन । एड नै नआएपछि पैसा आउने कुरै भएन । 

यस अघि कुनै पनि च्यानलमा १० हजार भ्युज भएपछि उक्त च्यानल मोनिटाइजेसनको लागि योग्य हुन्थ्यो। तर अब १० हजार भ्युज संगै १ हजार सब्सक्राईबर्स पनि बनाउनु पर्ने भएको छ ।

नियमलाई थप कडाई गर्दै युट्युबले १२ महिनामा ४ हजार घण्टा भ्युज अर्थात च्यानल मोनिटाइजका लागि पछिल्लो १२ महिनामा उक्त च्यानलबाट कम्तिमा ४ हजार घण्टा भिडियो हेरिएको हुनुपर्छ  । 

जुन औसतमा दैनिक १० घण्टा भन्दा पनि बढी हो । यदि पछिल्लो १ बर्षमा कसैको च्यानलमा ४ हजार घण्टा भ्युज छैन भने उक्त च्यानल मोनेटाईज हुदैन  । साथै अब च्यानल खोलेपछि मोनेटाईजको लागि योग्य हुन् कम्तिमा ४ घण्टा भ्युज हुने समयसम्म पनि पर्खनु पर्ने भएको छ  । गुगलले ४ हजार घण्टा भए पछि योग्य हुन्छ वा १२ महिना पर्खनु पर्छ त्यो भने स्पष्ट पारेको छैन । 

यी नियमहरु अब बन्ने च्यानलहरुका लागि हुन्  र यी नियमहरु आज कै मितिबाट लागु भईसकेका छन् । यस अघि मोनेटाईज भईरहेका च्यानल के हुन्छ त् अब ?  यी नियम यस अघि मोनेटाईज भईरहेका च्यानललाई पनि लागु हुन्छ  । तर यी थ्रेस होल्ड सम्म पुग्न अहिले भईरहेका च्यानललाई गुगलले ३० दिनको समय सिमा तोकेको छ  । गुगलले यसको लागि आगामी फेब्रुवरी २० तारिख सम्मको समय सिमा तोकेको छ  । त्यस दिन सम्म अहिले पैसा कमाईराहेका च्यानलले पैसा कमाउन सक्छन  । तर त्यस दिन सम्म ति च्यानलले १ हजार सब्सक्राईबर्स पुर्याई सक्नु पर्ने छ  । साथै पछिल्लो १२ महिनाको कुल भ्युज पनि ४ हजार घण्टा पुगेको हुनु पर्ने छ  । अन्यथा फेब्रुअरी २० पछि अहिले पैसा कमाईरहेका च्यानलले पनि पैसा कमाउने सक्ने छैनन्  । यस अघिका अन्य नियमहरु भने यथावत नै छन्  । 

बिज्ञापनदाताको बिश्वास कमाउन गुगलले यी नियम ल्याएको बताएको छ  । यस नयाँ नियमले कैयौ नेपाली च्यानलहरु पनि प्रभावित हुने प्रष्ट छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved