सगुन बन्न सक्छ फेसबुकको गतिलो बिकल्प, ढुक्कसंग कुरा गर्न कति सुरक्षित ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 23, 2018 | 11:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजालमा गरिएका कुराहरुको गोपनिया हुनेबाट प्रयोगकर्ताले डराउनु नपर्ने भएको छ। पछिल्लो पटक नेपाल भारत लगायतका देशहरुमा चर्चामा रहेको सगुनले प्रयोगकर्ताले प्रयोगकर्ताले ढुक्कसंग गोप्य कुरा गर्न सक्ने सिस्टम सहित नयाँ एप्स सार्वजनिक गरेको छ।  

फेसबुक लगायतका अन्य सामाजिक संजालका मेसेन्जरमा गरिएका गोप्य कुराहरु रेकर्ड हुने हुँदा सम्बन्धमा तिक्तता आएसंगै सोहि कुराहरु ब्ल्याकमेलिगका लागि प्रयोग हुने समस्याहरु बढ्ने क्रममा रहेका छन। 

सामाजिक संजालका बिभिन्न मेसेन्जरमा भएका यस्ता कमजोरीको बिकल्प खोजेर सगुनले ढुक्कसंग कुरा गर्न मिल्ने गरि एप्स सार्वजनिक गरेको दाबि गरेको छ। सगुनले गोपनियतालाई सम्मान गर्दै मेसेन्जरमा भएका कुरालाई रेकर्ड नराख्ने सिस्टम बनाएको छ।   

सगुनले मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुने प्रणाली बिकास गरेको छ। यहि कारण सगुनमा नयाँ प्रयोगकर्ताको आकर्षण बढेको कम्पनीले जानकारी दिएको छ। 

अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्ट फोन पारखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप दिल्लीबाट सार्बजनिक गरेको हो।  उक्त एप बलिउड अभिनेतृ श्रद्धा कपुरले जनवरी ९ मा सार्बजनिक गरेकी थिइन्। 

अंग्रेजी नयाँ बर्षको जनवरी ९ मा एप सार्बजनिक गर्दै बलिउड नायिका श्रद्धा कपुरले सगुन एप उत्कृष्ट रहेको प्रतिक्रिया दिएकी छिन। नयाँ फिचर सहितको एप निर्माण गरेकोमा कपुरले सगुनका संस्थापक गोविन्द गिरीलाई धन्यवाद व्यक्त गर्दै शुभकामना तथा बधाई समेत दिईन। 

सगुनका संस्थापक गिरीले सामाजिक सञ्जालका क्षेत्रमा देखिएका समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर अध्ययन गर्दै जाँदा सगुन जस्तो  प्लेटफर्मको सोच आएको बताए। 

सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको बताएको छ। यस एपमा पठाइने फोटो, टेक्स्ट, भिडियो लगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुने सिस्टम छ।  

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारमा सेयर गर्न सकिन्छ। आफ्ना यादगार पलहरुलाई   सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा राखिएको छ। यस एपले प्रयोगकर्ताका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर गरिदिन्छ। यसमा दैनिक तथा साप्ताहिक कार्यतालिका बनाउने मिल्ने अप्सन समेत राखिएको छ। 

अल इन वन एप जस्तै रहेको यस एपमा माग्रिटिङ एप, क्यालेन्डर, मुड टक लगायतका फिचर छन्। एक पटक एप डाउनलोड गरेर प्रयोग गरेपछि मात्र यसलाई चलाउनुको मज्जा प्रयोगकर्ताहरुले थाहा पाउने सगुनका संस्थापक गिरिको दाबि छ। 

यस एपको प्रयोग गरि पठाइको फोटो, टेक्स्ट, भिडियो लगायतका सामग्री हेर्नेले हेरीसकेपछी आफैं डिलेट हुने भएकाले सगुन फेसबुक लगायतका विभिन्न सामाजिक संजालका मेसेन्जरको गतिलो बिकल्प हुन सक्ने विश्लेषण गरिएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved