फेसबुक स्ट्याटस लेख्न अल्छी लाग्छ? आउदै छ बोलेरै स्ट्याटस अपडेट गर्न सकिने 'भ्वाईस क्लिप'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 12:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईलाई अचेल फेसबुकमा स्ट्याटस लेख्न अल्छी लाग्छ ? अनि स्ट्याटस टाइप गर्नुको साटो बोलेरै अडियो स्ट्याटस राख्न पाए हुन्थियो जस्तो लाग्छ ? तपाईलाई यस्तो नलागे पनि फेसबुकलाई भने लागेको छ  । र फेसबुकले स्ट्याटस अपडेटमा भ्वाईस क्लिप भन्ने नयाँ सुबिधा ल्याउने तयारी गरेको छ  । सहजै बुझ्ने भाषमा भन्दा फेसबुकको नयाँ सुविधामा अब स्टाटसको रुपमा आवाज पनि राख्न सकिने भएको छ । 

फेसबुकले अहिले भारतमा यसको परिक्षण गरिरहेको छ । यसको परिक्षणको लागि फेसबुकले सिमित व्यक्तिहरुलाई चयन गरेको छ  । यो नयाँ सुविधामा फेसबुक प्रयोगकर्ताहरुले तस्वीर÷फोटो, भिडियो जस्तै  छोटो आवाज क्लिप रेकर्ड गरी फेसबुकमा राख्न सक्नेछन् ।  

 यो सुविधा सुचारु भएपछि फेसबुक प्रयोगकर्ताहरु स्ट्याटस टाईप गनुपर्ने समस्याबाट मुक्त हुनेछन् । साथै आफ्नै आवाजमा आफ्ना मनमा लागेको कुरा व्यक्त गर्न सक्ने छन् ।  आफ्नो मातृभाषा अनुसारको किबोर्ड नहुँदा भोग्नु पर्ने समस्यापनि यहि सुबिधा आएपछि अन्त्य हुने छ ।  

फेसबुकका एक प्रवक्ताले भने “फेसबुक प्रयोगकर्तालाई आफ्ना साथीभाई र आफन्तसँग सहजै मिल्न सक्ने गरी नयाँ सुविधाको परीक्षण भईरहेको छ, यो भ्वाईस क्लिप नयाँ माध्यम हुनेछ हामी अहिले प्रयासरत छौँ ।” 

यद्यपि फेसबुकले यो बिश्वभरका प्रयोगकर्तालाई उपलब्ध हुन्छ कि हुदैन र यस्तो भ्वाईस क्लिप कति लामोसम्म हुन् सक्ने बारे केहि खुलाएको छैन ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved