विद्युतीय रेलमार्ग अध्ययन गर्न परामर्शदाता कम्पनी छानिदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 01:37:11 PM मा प्रकाशित

laxmi  sunrise bank

वीरगञ्ज–काठमाडौ विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता (कन्सल्टेन्ट) कम्पनी छनोटको काम अन्तिम चरणमा पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको रेल विभागले सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक छनौटमा ६ वटा कम्पनी परेको र आगामी १५ दिनभित्र परामर्शदाता कम्पनी छनौटको काम सकिने बताएको छ । 

रेल विभागले काठमाडौ–वीरगञ्ज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न २०७३ मंसिरमा आव्हान गरेको ग्लोवल टेण्डरमा २० भन्दा बढी कम्पनीले आवेदन दिएका थिए । 


विभागले प्रारम्भिक छनौटमा परेका कम्पनीसँग प्राविधिक प्रस्ताव माग गरेको छ । त्यसमध्ये उत्कृष्ट एक कम्पनी परमर्शदातामा नियुक्त हुनेछ । अध्ययनमा न्यूनतम लागत, उत्कृष्ट प्रविधि र कम्पनीको अनुभवलाई आधार मानेर परामर्शदाता छान्ने विभागले जनाएको छ । छनोट भएको कम्पनीले छ महिनामा काठमाडौं–वीरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । 

विभागले रेलमार्ग एक सय किलोमिटर लामो हुने अनुमान गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved