एप मार्फत लाखौ फेसबुक प्रयोगकर्ताको विवरण चोरियो, जुकरवर्गद्वारा गल्ति स्वीकार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 09:09:45 AM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन्। राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ।

केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको र ती मध्ये धेरैले आफ्ना विवरण दिन सहमति नजनाएको बताइएको छ। केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन प्रयोग गरेको थियो।

यो प्रकरणपछि फेसबुकका संस्थापक जकरबर्गले आफ्नो कम्पनीले गल्ती गरेको स्वीकारेका हुन्। उनले यो प्रकरणपछि अब तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। प्रयोगकर्ताहरूको विवरणको संरक्षण गर्ने जिम्मा आफ्नो भएको स्वीकार्दै फेसबुकमा भएका कुनै पनि गल्तीका लागि आफू जिम्मेवार भएको उनले बताए।

जकरवर्गले एप बनाउने एलेक्जेण्डर कोगन, केम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो त्यो विश्वासघात सरह भएको पनि बताए। उनले फेसबुक र आफ्नो कम्पनीसँग आफ्ना जानकारी बाँड्ने प्रयोगकर्ताहरूलाई विश्वासघात भएको बताएका हुन्। फेसबुकमार्फत सूचना लिँदा जे गल्ती भयो त्यस्ता घटना फेरि नहोउन् भन्नका लागि भविष्यमा केही व्यवस्थाहरू गरिने उनले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved