नेपाल टेलिकमद्धारा गोरखाका दुई स्थानमा मोबाइल सेवा बिस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 03:30:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले मनास्लु पदमार्गमा पर्ने गोरखाको दुर्गम क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यहीँ चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो । 

गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यस्तैगरी ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरुले सेवा पाएका छन् । मनास्लु क्षेत्रको पदयात्रामा जाने पर्यटकहरु प्नि मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । 

गोर्खा जिल्लाको विकट मानिने दुवै उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पु¥याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३ हजार ५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १ हजार ५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ । 

ल्हो गाउँ हालसम्म दूरसञ्चार सेवाको पहुँचबाट बञ्चित थियो । टेलिकमले ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गरेको छ । गमलाडाँडा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दुरीमा पर्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved