एसईई दिएका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2018 | 10:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रा.लि.ले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर स्वरुप ‘पहिलो सिम’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत विद्यार्थीले १ रुपैयाँमा नै एनसेलको प्रिपेड सिम कार्ड पाउनेछन् । सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवा पनि प्राप्त गर्नसक्ने एनसेलले जनाएको छ । सिम खरिद गरेपनि विद्यार्थीले सुलभ डेटा प्याक, हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको सुविधा पनि पाउने छन् । 

सिम किनेपछि दैनिक ३ घण्टाका दरले बेलुका ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । त्यसैगरी पहिलो सिम सुचारु गर्ने विद्यार्थीले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरे पछि निशुल्क माइफाइभ समुहको ५ वटा एनसेल नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवा प्राप्त गर्न सक्नेछन् । एक वर्षसम्म ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १ सय एमबि डेटा र १ सय एसएमएस २४ घण्टाको लागि बोनस स्वरुप प्राप्त गर्नेछन् । विद्यार्थीले डे डेटा प्याकअन्तर्गत २० रुपैयाँ तिरेपछि ३ सय एमबि डेटा पाउनेछन् । २० रुपैयाँमा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा पनि प्राप्त गर्नेछन् । 

योजनाले विद्यर्थाीहरुको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता पूर्ति गर्ने एनसेलले विश्वास लिएको छ । यो अफर आज सोमबार चैत्र १९ देखि ९० दिन सम्म लागु हुनेछ । सिम खरिद गर्न विद्यार्थीले आफ्नो परीक्षाप्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाउनुपर्नेछ । यो योजना देशैभरका एनसेल सेन्टरमा उपलब्ध रहेको एनसेलले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved