फेसबुकले डेटिङ एप ल्याउने, के हुन्छन् सुविधा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 05:07:34 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले डेटिङ एप ल्याउने भएको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले आफुहरुले चाँडै डेटिङ एप ल्याउन लागेको बताएका छन् । 

सोसल नेटवर्कको एफ एट डेभलपर कन्फ्रेन्समा बोल्दै जुकरबर्गले यो डेटिङ एपले मान्छेहरुलाई ‘र्याण्डम हुकअप’ मात्र नभई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न मद्दत गर्ने बताएका छन् । उनले यो एपमा प्राइभेसी र सेफ्टीको लागि उपयुक्त डिजाइन गरिएको पनि जानकारी दिए ।  

फेसबुकमा डेटिङ फिचर प्रयोग गर्न आफ्नो फेसबुक प्रोफाइलको दाहिने पट्टि पानको पात आकारको आइकनमा क्लिक गनुपर्ने एजेन्सीले जनाएको छ । उक्त डेटिङ प्रोफाइलमा प्रयोगकर्ताको नाम मात्र हुने र प्रयोगकर्ताका फेसबुक साथीहरुले डेटिङ एक्टिभीटी हेर्न नमिल्ने सेक्युरिटी सिस्टम रहेको छ । 

डेटिङ एपबाट आफ्नो नजिकै हुन लागेको इभेन्टमा सहभागीताको लागि इभेन्टको आइकनमा क्लिक गरेपछि इच्छुकहरुसंग म्यासेज गरेर जोडी मिलाउन सकिने एजेन्सीले जनाएको छ । उक्त डेटिङ म्यासेजिङ ह्वाट्स एप र फेसबुक भन्दा भिन्न हुने जनाइएको छ । फेसबुकले यो एप सन् २०१८ को अन्त्य तिर मात्रै सार्वजनिक गर्ने याहु डटकमले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved