मोबाइल बोक्नेको सजिलै पहिचान, सिम दुरुपयोग गर्नेमाथि प्राधिकरणको निगरानी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 01:22:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणले ग्राहक पहिचान गर्न केवाइसी (नो योर कस्टमर) सिस्टम संचालनमा ल्याउने भएको छ । नयाँ ल्याउन लागिएको सिस्टम मार्फत  दुरसंचार  सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताबारे सजिलै जानकारी लिनसक्ने प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए ।

नेशनल डिजिटल आइडी संचालनमा आएपछि प्राधिकरणले उक्त आईडीसँग सहकार्य गरी केवाइसी सिस्टम संचालनमा ल्याउन लागेको हो । डिजिटल आइडीमा सबैको फिङ्गर प्रिन्ट हुने भएकाले फिङ्गर प्रिन्ट अनुसार ग्राहकको सहजै भेरिफिकेसन  गर्न सकिन्छ । यसबाट मोबाइलको सिम दुरुपयोग हुन पाउँदैन भन्नेमा प्राधिकरण विश्वस्त छ ।

‘कसले कुन सिम प्रयोग गरेको छ सिस्टमबाट सहजै थाहा  हुन्छ । यहाँ अहिले अर्काको नागरिकताबाट सिम निकालेर प्राय आपराधिक गतिविधिमा लागिरहेका छन् । सिमकार्डको दुरुपयोग नहोस् भनेर हामी नयाँ सिस्टममा जान लागेका हौं’ अर्यालले भने । सिम कार्ड दुरुपयोग भए नभएको पनि सजिलै थाहा पाउन सकिने प्राधिकरणले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved