डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि अब नेपालमै

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2018 | 05:30:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो ।

राजधानीमा एक कार्यक्रमकाबिच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । 

मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमाप्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवादिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराएको हो ।

यस प्रविधिको सेवा सबै क्षेत्रहरुमा उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ । यसले स्मार्ट लाइनेन्स, राष्ट्रिय परिचयपत्र, एटीएम लगायतका डिजिटल कार्डहरु नेपालमै बनाउनेछ । यो प्रविधिका नेपाल भित्रिएसँगै स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्तीको अन्त्य हुने विश्वास लिईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved